भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

जलवायु परिर्वतनका कारण अत्यधिक कर्मीको अनुभव

जलवायु परिर्वतनका कारण अत्यधिक कर्मीको अनुभव

एजेन्सी । औसत २६ दिन अतिरिक्त अत्यधिक गर्मीको अनुभव गरेको छ । विश्वले पछिल्लो १२ महिनामा संसारका सबै ठाउँमा चरम गर्मीको २६ दिन थप बढाएको प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिवेदनमा गएको वर्ष चरम गर्मीको लहरले मेक्सिकोदेखि पाकिस्तानसम्म विश्वको धेरै भागलाई प्रभावित पार्‍यो । पछिल्लो १२ महिनामा झण्डै छ अर्ब ३० करोड मानिस अर्थात् ९विश्व जनसङ्ख्याको झन्डै ८० प्रतिशत० ले कम्तिमा ३१ दिन चरम गर्मीको अनुभव गरेका प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन रेडक्रस रेड क्रिसेन्ट क्लाइमेट सेन्टर, वर्ल्ड वेदर एट्रिब्युसन साइन्टिफिक नेटवर्क र गैरनाफामुखी अनुसन्धान संस्था क्लाइमेट सेन्ट्रलले प्रकाशित गरेका हुन् । युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन, कोपर्निकसकाअनुसार सन् २०२३ रेकर्डमा सबैभन्दा तातो वर्ष थियो ।

अत्यधिक गर्मीकै कारण दशौँ हजार मानिसले ज्यान समेत गुमाएका छन् । समग्रमा अन्टार्टीका बाहेक हरेक महादेशका ९० विभिन्न देशमा ७६ वटा चरम गर्मीको लहर दर्ता भएका थिए । सबैभन्दा बढी प्रभावित पाँच देश ल्याटिन अमेरिकामा थिए ।

 


Thali Mobile Pvt.Ltd.