भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जलवायु परिर्वतनका कारण अत्यधिक कर्मीको अनुभव

जलवायु परिर्वतनका कारण अत्यधिक कर्मीको अनुभव

एजेन्सी । औसत २६ दिन अतिरिक्त अत्यधिक गर्मीको अनुभव गरेको छ । विश्वले पछिल्लो १२ महिनामा संसारका सबै ठाउँमा चरम गर्मीको २६ दिन थप बढाएको प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिवेदनमा गएको वर्ष चरम गर्मीको लहरले मेक्सिकोदेखि पाकिस्तानसम्म विश्वको धेरै भागलाई प्रभावित पार्‍यो । पछिल्लो १२ महिनामा झण्डै छ अर्ब ३० करोड मानिस अर्थात् ९विश्व जनसङ्ख्याको झन्डै ८० प्रतिशत० ले कम्तिमा ३१ दिन चरम गर्मीको अनुभव गरेका प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन रेडक्रस रेड क्रिसेन्ट क्लाइमेट सेन्टर, वर्ल्ड वेदर एट्रिब्युसन साइन्टिफिक नेटवर्क र गैरनाफामुखी अनुसन्धान संस्था क्लाइमेट सेन्ट्रलले प्रकाशित गरेका हुन् । युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन, कोपर्निकसकाअनुसार सन् २०२३ रेकर्डमा सबैभन्दा तातो वर्ष थियो ।

अत्यधिक गर्मीकै कारण दशौँ हजार मानिसले ज्यान समेत गुमाएका छन् । समग्रमा अन्टार्टीका बाहेक हरेक महादेशका ९० विभिन्न देशमा ७६ वटा चरम गर्मीको लहर दर्ता भएका थिए । सबैभन्दा बढी प्रभावित पाँच देश ल्याटिन अमेरिकामा थिए ।

 


Thali Mobile Pvt.Ltd.