भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

दसैँ सन्देशमा राष्ट्रपतिको आह्वान: निर्वाचन समयमै सम्पन्न गर्न सबैलाई संयमित रहन आग्रह

दसैँ सन्देशमा राष्ट्रपतिको आह्वान: निर्वाचन समयमै सम्पन्न गर्न सबैलाई संयमित रहन आग्रह

काठमाडौं, १३ असाेज । बडा दसैं २०८२ काे अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको मितिमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न सबैलाई संयमित भई सहकार्य गर्न आग्रह गरेका छन् ।

उनले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई मुलुकको राजनीतिक निरन्तरता, जनप्रतिनिधि मूलक संसद् र स्थिर सरकारको आधारका रूपमा व्याख्या गर्दै सबैपक्षीय सहयोग अपरिहार्य रहेको बताए । राष्ट्रपतिले हाल मुलुकमा देखिएका असाधारण परिस्थिति, मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको क्षतिलाई उचित व्यवस्थापन गर्न आवश्यक पर्ने उल्लेख गर्दै निर्वाचनमार्फत मुलुकलाई स्थायित्व र सुशासनतर्फ डोर्‍याउन सकिने विश्वास व्यक्त गरे ।

“दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दै मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु,” शुभकामना सन्देशमा भनिएको छ ।

 


Thali Mobile Pvt.Ltd.