भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रास्वपाको निर्देशन: रातो पासपोर्ट बुझाउन र चाडपर्वमा उपहार नस्वीकार्न आग्रह

रास्वपाको निर्देशन: रातो पासपोर्ट बुझाउन र चाडपर्वमा उपहार नस्वीकार्न आग्रह

काठमाडौं, १३ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई चाडपर्वका अवसरमा शुभकामना पत्रबाहेक कुनै पनि उपहार नलिन निर्देशन दिएको छ ।

सोमबार जारी विज्ञप्तिमा पार्टीका प्रवक्ता मनिष झाले पूर्व सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद सचिवालयमा बुझाउन अनुरोध गरेका छन् । “पार्टीका पूर्व सांसदहरूले तुरुन्तै रातो पासपोर्ट र सांसद परिचयपत्र बुझाउन अनुरोध गरिन्छ,”  विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, हालैको आन्दोलनका क्रममा ७५ जनाले ज्यान गुमाएको अवस्थालाई दृष्टिगत गर्दै पार्टीले यस पटक राष्ट्रिय शोकको वातावरणमा चाडपर्व कार्यक्रम नगर्न रास्वपाका सम्पूर्ण पंक्तिलाई आग्रह समेत गरेको छ । पार्टीले ब्यानर, झन्डा वा औपचारिक कार्यक्रम बिना चाडपर्व मनाउन आह्वान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.