भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

साउदीमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु

साउदीमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु

काठमाडौं । साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ जना हजयात्रीको ज्यान गएको छ । अत्यधिक गर्मीका कारण कम्तीमा १४ जना जोर्डनका नागरिकको ज्यान गएको बीबीसीले जनाएको छ ।

जोर्डनको विदेश मन्त्रालयले अत्यधिक गर्मी भएपछि ुहिट स्ट्रोकु का कारण १४ जनाको ज्यान गएको र हजयात्रीको भीडमा १७ जना बेपत्ता भएका बताएको छ । बेपत्ताहरूको खोजी भइरहेको छ ।

यसैबीच इरानी रेड क्रिसेन्टले पाँच जना इरानी हज तीर्थयात्रीको पनि ज्यान गएको पुष्टि गरेको छ तर उनीहरूको ज्यान कसरी भयो भन्ने बताएको छैन ।

हज संसारको सबैभन्दा ठूलो धार्मिक समारोहमध्ये एक हो । साउदी अधिकारीकाअनुसार यो वर्ष १८ लाखभन्दा धेरैले यसमा भाग लिइरहेका छन् । त्यहाँ यस हप्ताको तापक्रम ४६ डिग्री सेल्सियस नाघेको छ जसले गर्दा घरबाहिर र पैदल हिँड्ने धेरैलाई समस्या भइरहेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.