भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

साउदीमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु

साउदीमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु

काठमाडौं । साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ जना हजयात्रीको ज्यान गएको छ । अत्यधिक गर्मीका कारण कम्तीमा १४ जना जोर्डनका नागरिकको ज्यान गएको बीबीसीले जनाएको छ ।

जोर्डनको विदेश मन्त्रालयले अत्यधिक गर्मी भएपछि ुहिट स्ट्रोकु का कारण १४ जनाको ज्यान गएको र हजयात्रीको भीडमा १७ जना बेपत्ता भएका बताएको छ । बेपत्ताहरूको खोजी भइरहेको छ ।

यसैबीच इरानी रेड क्रिसेन्टले पाँच जना इरानी हज तीर्थयात्रीको पनि ज्यान गएको पुष्टि गरेको छ तर उनीहरूको ज्यान कसरी भयो भन्ने बताएको छैन ।

हज संसारको सबैभन्दा ठूलो धार्मिक समारोहमध्ये एक हो । साउदी अधिकारीकाअनुसार यो वर्ष १८ लाखभन्दा धेरैले यसमा भाग लिइरहेका छन् । त्यहाँ यस हप्ताको तापक्रम ४६ डिग्री सेल्सियस नाघेको छ जसले गर्दा घरबाहिर र पैदल हिँड्ने धेरैलाई समस्या भइरहेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.