भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

देशका ७२ जिल्लामा डेंगी संक्रमण पुष्टि

देशका ७२ जिल्लामा डेंगी संक्रमण पुष्टि

काठमाडौं । हालसम्म देशका ७२ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ । सन् २०२४ को सुरुदेखि जुन दोस्रो सातासम्म सो जिल्लामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

ईडीसीडीका अनुसार देशका ७२ जिल्लामा एक हजार १७५ जनामा संक्रमण देखिएको हो । जुन महिनाका १५ दिनमा देशभर ९३ जना डेंगी संक्रमित थपिएका छन् ।

जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १२२ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । यस्तै, झापामा १११ जनामा डेंगी पुष्टि भएको छ । चितवनमा ७४, मकवानपुरमा ५८ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.