भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

दूध र दुग्धजन्य पदार्थबाट बनेका परिकारको प्रयोग गर्न माग

दूध र दुग्धजन्य पदार्थबाट बनेका परिकारको प्रयोग गर्न माग

काठमाण्डौ । दूध वितरणको व्यवस्था मिलाउन कर्मचारी सङ्गठनले माग गरेका छन् । दुग्ध विकास संस्थानबाट उत्पादित दूध तथा दुग्ध पदार्थलाई सात सय ५३ वटै पालिकाका सबै वडामा बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेका हुन ।

कार्यक्रममा खाजा तथा चिसो पेयका ठाउँमा दूध तथा दुग्धजन्य पदार्थ नै उपयोगको व्यवस्था गर्न माग गरिए छ । नेपाललाई दूधमा आत्मनिर्भर बनाउन र किसानको जीवनस्तर उकास्न पनि बजारको विस्तार हुनुपर्ने संगठनको माग छ ।

देशका सात सय ५३ वटै पालिकाका छ हजार सात सय ४३ वटै वडामा दूध र दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न सकेमा धेरै सहज हुने संगठनको विज्ञप्तीमा उल्लेख छ ।

‘बसालौँ दूध तथा दुग्ध पदार्थ उपभोगको संस्कृति, ग्रामीण जनजीवनको उन्नति, राष्ट्रको प्रगति’ भन्ने मूल नाराका साथ राजनीतिक दल, सामाजिक सङ्घ, संस्था, विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रममा संस्थानका दूध र दुग्धजन्य पदार्थबाट बनेका परिकारको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि सङ्गठनले माग गरेको छ ।

दुग्ध विकास संस्थान कर्मचारी सङ्गठन नेपालले विज्ञप्ति निकालेर अहिलेको आर्थिक मन्दीलगायतका कारणले संस्थानको बजार सङ्कुचन हुँदै गएको र दूध तथा दुग्ध पदार्थको मौज्दात बढ्दै जाँदा समस्या आएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.