भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दूध र दुग्धजन्य पदार्थबाट बनेका परिकारको प्रयोग गर्न माग

दूध र दुग्धजन्य पदार्थबाट बनेका परिकारको प्रयोग गर्न माग

काठमाण्डौ । दूध वितरणको व्यवस्था मिलाउन कर्मचारी सङ्गठनले माग गरेका छन् । दुग्ध विकास संस्थानबाट उत्पादित दूध तथा दुग्ध पदार्थलाई सात सय ५३ वटै पालिकाका सबै वडामा बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेका हुन ।

कार्यक्रममा खाजा तथा चिसो पेयका ठाउँमा दूध तथा दुग्धजन्य पदार्थ नै उपयोगको व्यवस्था गर्न माग गरिए छ । नेपाललाई दूधमा आत्मनिर्भर बनाउन र किसानको जीवनस्तर उकास्न पनि बजारको विस्तार हुनुपर्ने संगठनको माग छ ।

देशका सात सय ५३ वटै पालिकाका छ हजार सात सय ४३ वटै वडामा दूध र दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न सकेमा धेरै सहज हुने संगठनको विज्ञप्तीमा उल्लेख छ ।

‘बसालौँ दूध तथा दुग्ध पदार्थ उपभोगको संस्कृति, ग्रामीण जनजीवनको उन्नति, राष्ट्रको प्रगति’ भन्ने मूल नाराका साथ राजनीतिक दल, सामाजिक सङ्घ, संस्था, विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रममा संस्थानका दूध र दुग्धजन्य पदार्थबाट बनेका परिकारको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि सङ्गठनले माग गरेको छ ।

दुग्ध विकास संस्थान कर्मचारी सङ्गठन नेपालले विज्ञप्ति निकालेर अहिलेको आर्थिक मन्दीलगायतका कारणले संस्थानको बजार सङ्कुचन हुँदै गएको र दूध तथा दुग्ध पदार्थको मौज्दात बढ्दै जाँदा समस्या आएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.