भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

आदेशमार्फत् दुई हजार दुई सय कर्मचारीको प्रशासनिक अवकाश समेतमा रोक

आदेशमार्फत् दुई हजार दुई सय कर्मचारीको प्रशासनिक अवकाश समेतमा रोक

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा अदालतले अस्थायी रोक लगाएको छ ।अमेरिकी एक सङ्घीय अदालतले यूएसएआईडीको संरचना भङ्ग गर्ने उनको योजनामा रोक लगाएको हो ।

ट्रम्प प्रशासनले बिहीवार अमेरिकी सहायता परियोजनाहरूका लागि कर्मचारी सङ्ख्या उल्लेखनीय रूपमा घटाउने योजना प्रस्तुत गरेको हो । लगत्तै सङ्घीय श्रमिक सङ्घहरूले राष्ट्रपति ट्रम्पलाई कङ्ग्रेसको कानूनमा निहित एजेन्सी बन्द गर्ने अधिकार नभएको तर्क गर्दै सङ्घीय अदालतमा यस्तो कार्य रोक्न माग गर्दै मुद्दा दायर गरेका थिए ।

न्यायाधीशले आदेशमार्फत् दुई हजार दुई सय कर्मचारीको प्रशासनिक अवकाश समेतलाई रोक्ने प्रयास गरेका छन् । यूएसएआईडीमा झण्डै १० हजार व्यक्ति कार्यरत रहेको अनुमान छ । जसमा दुई तिहाई अमेरिका बाहिर कार्यरत छन् ।

 


Thali Mobile Pvt.Ltd.