भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आदेशमार्फत् दुई हजार दुई सय कर्मचारीको प्रशासनिक अवकाश समेतमा रोक

आदेशमार्फत् दुई हजार दुई सय कर्मचारीको प्रशासनिक अवकाश समेतमा रोक

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा अदालतले अस्थायी रोक लगाएको छ ।अमेरिकी एक सङ्घीय अदालतले यूएसएआईडीको संरचना भङ्ग गर्ने उनको योजनामा रोक लगाएको हो ।

ट्रम्प प्रशासनले बिहीवार अमेरिकी सहायता परियोजनाहरूका लागि कर्मचारी सङ्ख्या उल्लेखनीय रूपमा घटाउने योजना प्रस्तुत गरेको हो । लगत्तै सङ्घीय श्रमिक सङ्घहरूले राष्ट्रपति ट्रम्पलाई कङ्ग्रेसको कानूनमा निहित एजेन्सी बन्द गर्ने अधिकार नभएको तर्क गर्दै सङ्घीय अदालतमा यस्तो कार्य रोक्न माग गर्दै मुद्दा दायर गरेका थिए ।

न्यायाधीशले आदेशमार्फत् दुई हजार दुई सय कर्मचारीको प्रशासनिक अवकाश समेतलाई रोक्ने प्रयास गरेका छन् । यूएसएआईडीमा झण्डै १० हजार व्यक्ति कार्यरत रहेको अनुमान छ । जसमा दुई तिहाई अमेरिका बाहिर कार्यरत छन् ।

 


Thali Mobile Pvt.Ltd.