काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।
दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारे छलफल हुने कांग्रेसले जनाएको छ ।
सत्ता गठबन्धन परिवर्तन भएपछि सक्रिय भएका देउवाले पटकपटक बैठक र छलफलको प्रयास गरिरहेका छन् ।
