भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

निर्देशिका कार्यान्वयनको लागि अस्पतालहरुसँग छलफल

निर्देशिका कार्यान्वयनको लागि अस्पतालहरुसँग छलफल

काठमाण्डौ । एक ठाउँमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी आवश्यक पर्ने सबै स्वास्थ्य संस्थाले विद्युतीय रुपमा प्राप्त गर्ने गरी निर्देशिका स्वीकृत भएको छ ।

बिरामीले अस्पतालपिच्छे रिपोर्ट बोक्न नपर्ने निर्देशिका स्वीकृत भए पनि यो व्यवस्था कार्यान्वयनमा आउन केही दिन लाग्ने भएको हो ।
यसबाट बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनको अन्त्य हुनुका साथै स्वास्थ्य सम्बन्धी नीति निर्माणमा एकीकृत तथ्याङ्क प्राप्त हुने मन्त्रालयले जनाएको छ ।

अघिल्लो हप्ता स्वीकृत भएको निर्देशिका कार्यान्वयनको लागि अस्पतालहरुसँग छलफल भइरहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अघिल्लो हप्ता एकीकृत ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१’ स्वीकृत गरेका हुन ।

निर्देशिका कार्यान्वयनमा आएपछि सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरुले विद्युतीय चिकित्सा अभिलेख प्रणालीअन्तर्गत एक अर्कासँग बिरामीका तथ्याङ्क तथा विवरण साझा गर्न मिल्ने गरी विकसित प्रणालीमा अभिलेख राख्नुपर्ने र यसअनुसार अस्पतालमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रूपमा सबै स्वास्थ्य संस्थामा पुग्ने मन्त्रालयले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.