भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसिया पुगे, आसियान शिखर सम्मेलनमा सहभागी हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसिया पुगे, आसियान शिखर सम्मेलनमा सहभागी हुने

काठमाडौँ, ९ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानी क्वालालम्पुर पुगेका छन् । थाइल्याण्ड र कम्बोडियाबीच भएको शान्ति सम्झौता अवलोकनका साथै उनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियान (ASEAN) को शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ ।

गत जुलाईमा थाइल्याण्ड – कम्बोडिया सीमामा भएको सशस्त्र झडपमा दुई दर्जनभन्दा बढीको मृत्यु भएको थियो, जसलाई ट्रम्पको पहलपछि रोकिएको बताइन्छ । मलेसियामा रहँदा उनले क्षेत्रीय शान्ति र सहकार्यका विषयमा आफ्ना एजेन्डा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

ट्रम्पको यो भ्रमण एक हप्तासम्म चल्नेछ । यस अवधिमा उनले जापानदक्षिण कोरिया समेत भ्रमण गर्दै एपेक (APEC) शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेकाे छ । दक्षिण कोरियाको ग्योङ्जुमा हुने एपेक सम्मेलनका क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

विश्लेषकहरूका अनुसार ट्रम्पको एशिया भ्रमणले अमेरिकी कूटनीति, व्यापार नीति र रणनीतिक प्रभावलाई दक्षिणपूर्वी एशियामा पुनः सुदृढ गर्ने उद्देश्य लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.