भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

चीनका वैज्ञानिकले बनाए ‘बोन ग्लु’, ३ मिनेटमै भाँच्चिएको हड्डी जोडिने चमत्कारिक प्रविधि

चीनका वैज्ञानिकले बनाए ‘बोन ग्लु’, ३ मिनेटमै भाँच्चिएको हड्डी जोडिने चमत्कारिक प्रविधि

बेइजिङ, चीन । चिनियाँ वैज्ञानिकहरूले विश्वकै पहिलो यस्तो ‘बोन ग्लु’ (Bone Glue) तयार गरेका छन्, जसले भाँच्चिएको हड्डीलाई केवल २–३ मिनेटमै जोड्न सक्षम भएको दाबी गरिएको छ । 

यो बोन ग्लु सामुद्रिक सिपी (mussel) बाट प्रेरित भएर बनाइएको हो । वैज्ञानिकहरूका अनुसार यो बायोडिग्रेडेबल पदार्थ हो, जसले शरीरभित्र छ महिनाभित्रै आफैंँ घुल्ने क्षमता राख्छ ।

चीनको वेन्झोउ मेडिकल युनिभर्सिटीका डा. लिन जियानफेङ्ग नेतृत्वको टोलीले डेढ सयभन्दा बढी बिरामीमा यसको सफल परीक्षण गरिसकेको छ । अनुसन्धान टोलीले यसलाई सुरक्षित र अत्यन्त प्रभावकारी रहेको पुष्टि गरेको छ । डा. लिनका अनुसार यो ग्लु तयार गर्ने विचार समुद्रमा सिपीहरू लहर र ज्वारभाटामा समेत अडिग रहने क्षमताबाट आएको हो । “यदि सिपी रगतले भरिएको पानीमा पनि अडिन्छ भने, हड्डीको रगतमय सतहमा पनि टाँस्न सकिन्छ भन्ने विचारले नै यो प्रविधि जन्मियो,” उनले भने ।

बोन–०२ (Bone–02) नाम दिइएको यो जैविक पदार्थले दुई सय किलोसम्म तौल भएको वस्तुलाई पनि जोड्न सक्ने क्षमता राख्छ । सर्जरीमा प्रयोग गरेपछि भाँच्चिएका हड्डी २ देखि ३ मिनेटमै मजबुत रूपमा जोडिन्छन्, जसले उपचार समयलाई नाटकीय रूपमा घटाउने वैज्ञानिकहरूको भनाइ छ ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार यो प्रविधिले भविष्यमा अर्थोपेडिक सर्जरी, फ्र्याक्चर उपचार, र खेलकुद चोट उपचारमा नयाँ क्रान्ति ल्याउन सक्छ ।

 

 


Thali Mobile Pvt.Ltd.