भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

दुर्गा प्रसाईको आरोप: ‘विदेशी शक्तिको ग्रान्ड डिजाइनले देश कमजोर बनायो’

दुर्गा प्रसाईको आरोप: ‘विदेशी शक्तिको ग्रान्ड डिजाइनले देश कमजोर बनायो’

काठमाडौँ, ९ कात्तिक ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाईले देशलाई विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ अन्तर्गत योजनाबद्ध रूपमा कमजोर बनाइएको दाबी गरेका छन् । आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले आफूले सुरु गरेको आन्दोलन बैंकको ब्याजदर घटाउन र लुटतन्त्रविरुद्धको अभियान भएको बताए ।

प्रसाईका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले ७ प्रतिशतकाे कागजी ब्याजदर देखाए पनि व्यवहारमा १६ – १७ प्रतिशतसम्म असुल्ने गरेका छन् । उनले यो नीतिले आम नेपाली नागरिक, व्यवसायी र पेशाकर्मीलाई ऋणको पासोमा पारेको बताए । आफ्नो आन्दोलनकै कारण ब्याजदर घट्न बाध्य भएको दाबी गर्दै उनले भने, “आज ब्याजदर घटेको छ, त्यसको फाइदा सम्पूर्ण नेपालीले पाएका छन् ।”

स्वयंलाई सफल व्यवसायी भन्दै प्रसाईले कर्जा सूचना केन्द्रमा आफ्नो नाम कालोसूचीमा नरहेको प्रमाण प्रस्तुत गरे । उनका अनुसार उनका लगानी अन्तर्गतका संस्थाहरू, विशेषतः बीएन्डसी मेडिकल कलेज, नियमित महसुल तिर्ने र उत्कृष्ट उपभोक्ता पुरस्कार प्राप्त गर्ने सूचीमा छन् ।

प्रसाईले देशमा राजसंस्था र हिन्दू राष्ट्र हटाउनु नै विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ भएको दाबी गर्दै भने, “यो सबै योजनाबद्ध खेल हो, जसले देशलाई कमजोर बनायो ।” उनले सिंहदरबार र सर्वोच्च अदालतमा आगलागीजस्ता घटनाहरूलाई व्यवस्थाको पतनको संकेतका रूपमा व्याख्या गरे ।

उनले केही व्यापारी समूहप्रति आक्रोश व्यक्त गर्दै राज्यले इमानदार व्यवसायीलाई उपेक्षा गरेको पनि बताए । साथै, काठमाडौँ महानगरका मेयर बालेन शाहप्रति कृतज्ञता व्यक्त गर्दै भने, “उहाँले मलाई बचाउनुभयो, नत्र म जेलमा हुन्थें,” यद्यपि सिंहदरबार आगलागीका बेला नगर प्रहरीले दमकल पठाउन ढिलाइ गरेको भन्दै उनले आलोचना पनि गरे ।

 


Thali Mobile Pvt.Ltd.