भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

२८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरण, भारतलाई निरन्तर बिक्रीको बाटो खुला

२८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरण, भारतलाई निरन्तर बिक्रीको बाटो खुला

काठमाडौँ, १४ कार्तिक । नेपाल विद्युत प्राधिकरणले २ सय ८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यातका लागि दिएको स्वीकृतिलाई नवीकरण गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गर्दै आएको छ । भारतको प्रशारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत निर्यात भइरहेको छ ।

भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत बिक्री गर्न स्वीकृत पाएका चार आयोजनाको नवीकरण भएको हो । ती आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत आइएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात अनुमति गत मङ्गलबारबाट लागू हुने गरी करिब एक वर्षका लागि नवीकरण भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, द्विपक्षीय सम्झौता बमोजिम हरियाणा राज्यलाई चार आयोजनाबाट उत्पादित करिब १८० मेगावाट विद्युत बिक्री भइरहेको थियो । हरियाणालाई बिक्री गर्न दिइएको अनुमति बिहीबार सकिने भएकाले उक्त अनुमति पनि नवीकरण गरिएको प्राधिकरणले जनाएको छ ।प्राधिकरणले हरियाणालाई बिक्री हुने विद्युत आइएक्समा पनि बिक्री गर्न अनुमति मागेको थियो ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले उक्त प्रस्तावलाई स्वीकृति दिएपछि अब चार आयोजनाबाट उत्पादित विद्युत शुक्रबारदेखि आइएक्समार्केटमा समेत बिक्री गर्न पाइने भएको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा सहभागी हुन भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले भारतका विद्युत मन्त्री मनोहरलाल खट्ठरसँगको भेटमा विद्युत निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गर्न आग्रह गरेका थिए ।

उनले नेपालमा विद्युत उत्पादनको उच्च सिजन चलिरहेकोले नवीकरणका लागि पठाइएको प्रस्ताव तत्काल स्वीकृत गरिदिन आग्रह गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.