भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

२८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरण, भारतलाई निरन्तर बिक्रीको बाटो खुला

२८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरण, भारतलाई निरन्तर बिक्रीको बाटो खुला

काठमाडौँ, १४ कार्तिक । नेपाल विद्युत प्राधिकरणले २ सय ८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यातका लागि दिएको स्वीकृतिलाई नवीकरण गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गर्दै आएको छ । भारतको प्रशारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत निर्यात भइरहेको छ ।

भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत बिक्री गर्न स्वीकृत पाएका चार आयोजनाको नवीकरण भएको हो । ती आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत आइएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात अनुमति गत मङ्गलबारबाट लागू हुने गरी करिब एक वर्षका लागि नवीकरण भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, द्विपक्षीय सम्झौता बमोजिम हरियाणा राज्यलाई चार आयोजनाबाट उत्पादित करिब १८० मेगावाट विद्युत बिक्री भइरहेको थियो । हरियाणालाई बिक्री गर्न दिइएको अनुमति बिहीबार सकिने भएकाले उक्त अनुमति पनि नवीकरण गरिएको प्राधिकरणले जनाएको छ ।प्राधिकरणले हरियाणालाई बिक्री हुने विद्युत आइएक्समा पनि बिक्री गर्न अनुमति मागेको थियो ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले उक्त प्रस्तावलाई स्वीकृति दिएपछि अब चार आयोजनाबाट उत्पादित विद्युत शुक्रबारदेखि आइएक्समार्केटमा समेत बिक्री गर्न पाइने भएको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा सहभागी हुन भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले भारतका विद्युत मन्त्री मनोहरलाल खट्ठरसँगको भेटमा विद्युत निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गर्न आग्रह गरेका थिए ।

उनले नेपालमा विद्युत उत्पादनको उच्च सिजन चलिरहेकोले नवीकरणका लागि पठाइएको प्रस्ताव तत्काल स्वीकृत गरिदिन आग्रह गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.