भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अविरल वर्षाले बीपी राजमार्गका धेरै स्थानमा पहिरो, आवागमन पूर्णरूपमा ठप्प

अविरल वर्षाले बीपी राजमार्गका धेरै स्थानमा पहिरो, आवागमन पूर्णरूपमा ठप्प

काठमाडौँ, १४ कार्तिक । बिहीबारदेखि लगातार परिरहेको वर्षाले बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरो र लेदोका कारण सडक दुबै तर्फ बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक रबिन बिष्टका अनुसार राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा, बोक्सीकुना र नार्केललगायतका स्थानमा पहिरो खसेको छ । ती स्थानहरूमा सडकमा बाक्लो लेदो र माटोका कारण सवारी आवागमन ठप्प भएको हो ।

प्रहरीका अनुसार पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने काम जारी छ तर लगातारको वर्षाका कारण सहज बनाउन केही समय लाग्ने देखिएको छ । स्थानीय बासिन्दा र यात्रुहरूलाई अत्यावश्यकबाहेक यात्रामा ननिस्कन आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.