भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अविरल वर्षाले बीपी राजमार्गका धेरै स्थानमा पहिरो, आवागमन पूर्णरूपमा ठप्प

अविरल वर्षाले बीपी राजमार्गका धेरै स्थानमा पहिरो, आवागमन पूर्णरूपमा ठप्प

काठमाडौँ, १४ कार्तिक । बिहीबारदेखि लगातार परिरहेको वर्षाले बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरो र लेदोका कारण सडक दुबै तर्फ बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक रबिन बिष्टका अनुसार राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा, बोक्सीकुना र नार्केललगायतका स्थानमा पहिरो खसेको छ । ती स्थानहरूमा सडकमा बाक्लो लेदो र माटोका कारण सवारी आवागमन ठप्प भएको हो ।

प्रहरीका अनुसार पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने काम जारी छ तर लगातारको वर्षाका कारण सहज बनाउन केही समय लाग्ने देखिएको छ । स्थानीय बासिन्दा र यात्रुहरूलाई अत्यावश्यकबाहेक यात्रामा ननिस्कन आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.