भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

एआईबारे नीतिगत ढिलाइले युरोप जोखिममा, लगार्डको चेतावनी “अब ढिला गर्न मिल्दैन”

एआईबारे नीतिगत ढिलाइले युरोप जोखिममा, लगार्डको चेतावनी “अब ढिला गर्न मिल्दैन”

काठमाडौं । युरोपेली केन्द्रीय बैंक (ECB) की प्रमुख क्रिस्टिन लगार्डले कृत्रिम बौद्धिकता (एआई) अपनाउन युरोपमा देखिएको नीतिगत ढिलाइले महाद्वीपको भविष्य नै ‘खतरामा’ पर्न सक्ने चेतावनी दिएकी छन् । ब्राटिस्लाभा सम्मेलनमा बोल्दै उनले एआईलाई अँगाल्न बाधा पुर्‍याइरहेका सबै अवरोध तत्काल हटाउनुपर्ने आवश्यकता औंल्याइन् ।

लगार्डका अनुसार, “हामीलाई यो परिवर्तनलाई अँगाल्न रोक्ने सबै अवरोध हटाउन अब ढिलो गर्नु हुँदैन । एआई अपनाउने लहरपछि मात्र प्रतिक्रिया जनाउने हो भने युरोपको भविष्य जोखिममा पर्न सक्छ ।” एआई प्रविधि समर्थकले पनि युरोप संयुक्त राज्य अमेरिका र चीनभन्दा पछाडि पर्नुको कारण अत्यधिक नियमन, नयाँ आविष्कारमा कमी तथा कम लगानी रहेको बताउँदै आएका छन् । लगार्ड स्वयं पनि भन्छिन्, “युरोपले पहिले नै एआईमा पहिलो मूभर हुने अवसर गुमाइसकेको छ ।”

तर उनले अझै पनि अवसर बाँकी रहेको उल्लेख गर्दै भनिन्, “यदि युरोपले आफ्ना प्रमुख उद्योगमा प्रविधि निर्णायक रूपमा लागू गर्न सके ढिलो सुरुवातलाई नै प्रतिस्पर्धात्मक फाइदामा बदल्न सक्छ ।” लगार्डले खण्डित नियम, ऊर्जाको उच्च लागत, तथा एआई मोडेलहरू सञ्चालन गर्न आवश्यक विशाल डाटा सेन्टर चलाउन पर्ने महँगो खर्चजस्ता अवरोधहरूको उल्लेख गर्दै चेतावनी दिइन् “थप ढिलाइको परिणाम ‘एआई मोडेलको दौड हार्ने’ भन्दा धेरै गम्भीर हुनेछ ।”

उनका अनुसार यदि कार्यान्वयनमा ढिलाइ जारी रह्यो भने युरोपले धेरै क्षेत्र र उद्योगमा प्रतिस्पर्धात्मक घाटा झनै बढाउँदै लैजानेछ ।
(रासस/एएफपी)

 


Thali Mobile Pvt.Ltd.