भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

बन्दीपुरमा सात महिनामा २१ हजारभन्दा बढी विदेशी पर्यटक, चिनियाँ पर्यटकको संख्या सर्वाधिक

बन्दीपुरमा सात महिनामा २१ हजारभन्दा बढी विदेशी पर्यटक, चिनियाँ पर्यटकको संख्या सर्वाधिक

तनहुँ । ‘पहाडकी रानी’का रूपमा चिनिने बन्दीपुरमा सात महिनाको अवधिमा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्म विदेशी पर्यटक आगमन उल्लेख्य रूपमा बढेको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै चिनियाँ नागरिक बन्दीपुर आएका छन् । सात महिनामा ५ हजार ५१ जना चिनियाँ पर्यटकले बन्दीपुर भ्रमण गरेका छन्। त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटकको संख्या उल्लेख्य छ । उनले बताए अनुसार चिनियाँ पर्यटक प्रायः घुमफिरका लागि मात्र आउने गर्छन् भने बास बस्नका लागि पोखरा र चितवन जान्छन् ।

विदेशी आगन्तुकको मासिक विवरण यसप्रकार छः

वैशाख: ३,२९७, जेठ: ३,३४२, असार: २,७६६, साउन: २,०७५, भदौ: १,८३२, असोज: ३,७८६, कात्तिक: ४,६२७

त्यसैगरी, सात महिनामा ३२ हजार ७६० जना आन्तरिक पर्यटकले पनि बन्दीपुर भ्रमण गरेका छन्। कात्तिक र मङ्सिर महिनामा कलेज–विद्यालयका विद्यार्थी समूहले भ्रमण बढाउने भएकाले आन्तरिक पर्यटनमा उल्लेख्य वृद्धि देखिएको छ ।

अघिल्लो वर्ष (२०८१ चैत–२०८२ चैत) बन्दीपुरमा १२ हजार ९३९ विदेशी पर्यटक आएका थिए। बन्दीपुर पर्यटन वर्ष २०२५ लाई लक्षित गर्दै अझ धेरै पर्यटक भित्र्याउने तयारी भइरहेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

उनका अनुसार हाल बन्दीपुरमा चार वटा घरबास (होमस्टे) र ७० होटल भरिभराउ छन् र पर्यटक आगमन बढेसँगै व्यवसायीहरू उत्साहित भएका छन् ।

 

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.