भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

तराईमा अत्यधिक गर्मीको चेतावनी, सावधानी अपनाउन आग्रह

तराईमा अत्यधिक गर्मीको चेतावनी, सावधानी अपनाउन आग्रह

काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै ठाउँमा आज र भोलि अत्यधिक गर्मी हुने सम्भावना रहेको जनाएको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्ने अनुमान छ।

विशेषगरी लुम्बिनी प्रदेशको तराईमा तातो हावा र तातो लहरको जोखिम रहेको छ, जहाँ तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि मापन भएको छ।

महाशाखाले तातो हावाका कारण थकान, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बान्ता हुने र बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चेतावनी दिएको छ। गर्मीबाट बच्न घरभित्र चिसो ठाउँमा बस्ने, हल्का र सुती कपडा लगाउने, टोपी प्रयोग गर्ने, प्रशस्त पानी र जुस पिउने तथा स्वास्थ्य समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न सुझाव दिइएको छ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। गर्मीको समयमा बाहिरी गतिविधि कम गर्न र आवश्यक सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.