भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विश्व खोप सप्ताह, इन्टरनेश्नल गर्ल्स आईसीटी डे र बहुपक्षीयता दिवस आजदेखि सुरू

विश्व खोप सप्ताह, इन्टरनेश्नल गर्ल्स आईसीटी डे र बहुपक्षीयता दिवस आजदेखि सुरू

काठमाण्डौ । आजदेखि विश्व खोप सप्ताह औपचारिक रूपमा सुरू भएको छ। ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ भन्ने नाराका साथ यस वर्षको खोप सप्ताह मनाइँदैछ।

अभियानको उद्देश्य सबै उमेर समूहका मानिसहरूलाई रोगबाट सुरक्षित राख्न र खोपको प्रयोगलाई अझ व्यापक बनाउने हो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार, विगत ५० वर्षमा खोपले करिब १५ करोड ४० लाख जीवन बचाएको छ।

तीमध्ये दादुरा खोपको योगदान सबैभन्दा ठूलो छ—जसले बचाइएका जीवनको ६० प्रतिशत हिस्सा ओगटेको छ। शिशु मृत्यु दर घटाउन खोपले ४० प्रतिशत योगदान पुर्‍याएको छ। यसले औलो, टिटानस, इन्फ्लुएन्जा, एचपीभीजस्ता रोगविरुद्ध पनि प्रभावकारी सुरक्षा प्रदान गरेको छ।

त्यस्तै, आज इन्टरनेश्नल गर्ल्स इन आईसीटी डे पनि मनाइँदैछ। हरेक वर्ष अप्रिलको चौथो बिहीवार मनाइने यस दिवसले सूचना तथा प्रविधिको क्षेत्रमा छोरीहरू र महिलालाई समान पहुँच र अवसर सुनिश्चित गर्नुपर्ने सन्देश दिन्छ। संयुक्त राष्ट्रसङ्घको पहलमा सुरू भएको यो दिवस विश्वव्यापी छलफल र प्रेरणादायी कार्यक्रममार्फत मनाइन्छ।

साथै, आजकै दिन अन्तर्राष्ट्रिय बहुपक्षीयता र शान्तिका लागि कूटनीति दिवस पनि पर्छ। सन् २०१८ देखि मनाउन थालिएको यस दिवसमा १४४ राष्ट्रका सरकार प्रमुख र कूटनीतिज्ञहरूले अन्तर्राष्ट्रिय सहयोग, शान्ति र सुरक्षा प्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्छन्।

यी तीन महत्वपूर्ण दिवसले मानव अधिकार, स्वास्थ्य, शिक्षा र कूटनीतिक सहकार्यलाई प्राथमिकता दिँदै विश्वव्यापी समन्वय र सहअस्तित्वको सन्देश फैलाउने लक्ष्य लिएका छन्।

 


Thali Mobile Pvt.Ltd.