भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

छोराको कुटपिटबाट ६० वर्षीय बुबाको मृत्यु : नवलपरासीमा दुःखद घटना

छोराको कुटपिटबाट ६० वर्षीय बुबाको मृत्यु : नवलपरासीमा दुःखद घटना

नवलपरासी । जिल्लाको हुप्सेकोट गाउँपालिका – १ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको आफ्नै छोराले कुटपिट गर्दा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले गएराति घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेका थिए । गम्भीर घाइते भएका रामबहादुरलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

अभियुक्त छोरालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.