भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

छोराको कुटपिटबाट ६० वर्षीय बुबाको मृत्यु : नवलपरासीमा दुःखद घटना

छोराको कुटपिटबाट ६० वर्षीय बुबाको मृत्यु : नवलपरासीमा दुःखद घटना

नवलपरासी । जिल्लाको हुप्सेकोट गाउँपालिका – १ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको आफ्नै छोराले कुटपिट गर्दा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले गएराति घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेका थिए । गम्भीर घाइते भएका रामबहादुरलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

अभियुक्त छोरालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.