भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

अध्ययन भिसामा नेपाल आएर नपढ्ने विदेशीमाथि कडा निगरानी सुरु

अध्ययन भिसामा नेपाल आएर नपढ्ने विदेशीमाथि कडा निगरानी सुरु

काठमाडौं, १० मंसिर । अध्ययन भिसाको दुरुपयोग बढ्दै गएपछि अध्यागमन विभागले नेपालमा अध्ययन भिसामा आएका विदेशी नागरिकमाथि विशेष निगरानी कडा पारेको छ ।

विभागका अनुसार धेरै विदेशी विद्यार्थीले भिसाको उद्देश्य विपरीत गैरकानुनी गतिविधि गर्ने, नियमित कक्षा नपढ्ने तथा भिसा विस्तारका लागि नक्कली कागजात पेश गर्ने गरेको पाइएको छ । शैक्षिक संस्थाले पनि अध्ययन भिसाको योग्यता नपुगेका तथा कानुन बर्जित गतिविधिमा संलग्न व्यक्तिहरूलाई समेत भिसाका लागि सिफारिस गरेको खुलासा भएपछि अध्यागमनले कडाइ अपनाएको हो ।

विभागका निर्देशक तथा सूचना अधिकारी टिकाराम ढकालका अनुसार केही विदेशीले कोर्ष पूरा गरेपछि शैक्षिक प्रमाणपत्र पेश गर्न नसकेको, कक्षामा उपस्थित नभएको र भिसा अवधि थप गर्न नक्कली कागजात प्रयोग गरेको तथ्य बाहिर आएको छ । यसपछि अध्यागमनले एक सूचना जारी गर्दै शैक्षिक संस्थाहरूलाई योग्य विद्यार्थीबाहेक कसैलाई पनि भिसा सिफारिस नगर्न कडाइका साथ निर्देश दिएको छ ।

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.