भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

तीनकुनेको किराना स्टोरमा आगलागी, २ जना घाइते

तीनकुनेको किराना स्टोरमा आगलागी, २ जना घाइते

काठमाडौं । कोटेश्वरस्थित एक किराना स्टोरमा आगलागी भएको छ। आगलागी हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा धनुषा घर भई कालिमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ घर भएका २८ वर्षीय उदय श्रेष्ठ छन् ।

उनीहरु दुबै जना स्टोरमा काम गर्ने व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । घाइते दुबै जनाको अवस्था सामान्य रहेको र उनीहरुको तीनकुनेकै कान्तिपुर अस्पतालमा उपचार भइरहेको एसपी अधिकारीले बताए ।

जीवन रेग्मीको पाँच तले घरको अन्डरग्राउण्डमा दिलिप कुमार साहले सञ्चालन गरेको ‘गु्रप अन ट्रेडिङ डिलर’मा आगलागी भएको हो । आगलागीको कारण खुलिनसकेको तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.