भर्खरै : Sorry, your browser does not support inline SVG.

आफू लक्षित टिप्पणीप्रति शिक्षा मन्त्री सुमनाको प्रतिक्रिया

आफू लक्षित टिप्पणीप्रति शिक्षा मन्त्री सुमनाको प्रतिक्रिया

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आफूलक्षित टिप्पणीबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले महिलालाई हेर्ने मानसिकता विकराल रहेको बताएकी छिन्।

विदेशबाट नेपाल घुम्न आएको बेला मन्त्री बनेको भन्ने अध्यक्ष ओलीको आफूलक्षित टिप्पणीप्रति उनले बुधबार आफ्नो सचिवालयको फेसबुकमार्फत् प्रतिक्रिया दिएकी छन्। उनले यहाँका राजनीतिक अगुवा भनिएकाहरूले नै नेपाल आएपछि राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र वर्षौंदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिस्पर्धा नबढाऊन् भन्ने अभिष्ट राख्ने गरेको बताएकी हुन्।

त्यस्तै मन्त्री श्रेष्ठले बिहे भए पछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन भनेर प्रश्न पनि गरेकी छन्। श्रीमानको पहिचान बाहेक नारीको आफ्नो स्वतन्त्र पहिचान हुँदैन भन्दै प्रतिप्रश्न गरेकी छन्। यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति रहेको पनि उनले बताएकी छन्।

 

 


Thali Mobile Pvt.Ltd.