भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

विदेशी मुद्रा सीमामा नयाँ व्यवस्था : १५०० डलरभन्दा बढी नगदमा प्रतिबन्ध

विदेशी मुद्रा सीमामा नयाँ व्यवस्था : १५०० डलरभन्दा बढी नगदमा प्रतिबन्ध

काठमाडौँ, १६ असाेज । अर्थ मन्त्रालयले नेपाली नागरिक वा नेपाल आउने विदेशीलाई १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा नराख्न आग्रह गरेको छ। मन्त्रालयले बुधबार राति आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

मन्त्रालयका अनुसार, विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम १५ सय अमेरिकी डलर वा त्यस बराबरको परिवर्त्य विदेशी मुद्रा मात्र नगदमा राख्न पाइनेछ।सामाजिक सञ्जाल ‘एक्स’ मा मन्त्रालयले भनेको छ– “विदेश भ्रमणबाट फर्किँदा बचत भएको विदेशी मुद्रा वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम अमेरिकी डलर १५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा नगदमा राख्न पाउने।

नेपाल आउने नेपाली वा विदेशी नागरिकले ५००० अमेरिकी डलर वा सो बराबरको रकम भन्सारमा घोषणा नगरी नेपाल भित्र्याउन पाउने र सोभन्दा बढी रकमको हकमा भन्सार विन्दुमा घोषणा गर्नुपर्ने।”

अबदेखि नेपाल आउने कुनै पनि नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याएमा भन्सारमा घोषणा गर्नुपर्नेछ। अन्यथा प्रचलित कानुनअनुसार कारबाही हुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, स्रोत खुलेको रकमलाई नगदमै सुरक्षित राख्न वा प्रयोग गर्न कुनै अवरोध छैन। तर स्रोत नखुलेको रकमका हकमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान हुनेछ।प्रचलित कानुनमा भएको व्यवस्थाबाहेक तोकिएको सीमा भन्दा बढी रकम कारोबार गर्नुपर्ने अवस्था आएमा अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र गर्नुपर्नेछ।

रामेश्वर खनाल अर्थमन्त्री बनेपछि मन्त्रालयले वित्तीय अनुशासन र अनुत्पादक खर्च कटौतीमा कडाइ गर्दै आएको छ। यसैअनुरूप विदेशी मुद्रा सम्बन्धी व्यवस्थामा समेत थप कडाइ गरिएको हो।

 


Thali Mobile Pvt.Ltd.