भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विदेशी मुद्रा सीमामा नयाँ व्यवस्था : १५०० डलरभन्दा बढी नगदमा प्रतिबन्ध

विदेशी मुद्रा सीमामा नयाँ व्यवस्था : १५०० डलरभन्दा बढी नगदमा प्रतिबन्ध

काठमाडौँ, १६ असाेज । अर्थ मन्त्रालयले नेपाली नागरिक वा नेपाल आउने विदेशीलाई १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा नराख्न आग्रह गरेको छ। मन्त्रालयले बुधबार राति आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

मन्त्रालयका अनुसार, विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम १५ सय अमेरिकी डलर वा त्यस बराबरको परिवर्त्य विदेशी मुद्रा मात्र नगदमा राख्न पाइनेछ।सामाजिक सञ्जाल ‘एक्स’ मा मन्त्रालयले भनेको छ– “विदेश भ्रमणबाट फर्किँदा बचत भएको विदेशी मुद्रा वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम अमेरिकी डलर १५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा नगदमा राख्न पाउने।

नेपाल आउने नेपाली वा विदेशी नागरिकले ५००० अमेरिकी डलर वा सो बराबरको रकम भन्सारमा घोषणा नगरी नेपाल भित्र्याउन पाउने र सोभन्दा बढी रकमको हकमा भन्सार विन्दुमा घोषणा गर्नुपर्ने।”

अबदेखि नेपाल आउने कुनै पनि नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याएमा भन्सारमा घोषणा गर्नुपर्नेछ। अन्यथा प्रचलित कानुनअनुसार कारबाही हुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, स्रोत खुलेको रकमलाई नगदमै सुरक्षित राख्न वा प्रयोग गर्न कुनै अवरोध छैन। तर स्रोत नखुलेको रकमका हकमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान हुनेछ।प्रचलित कानुनमा भएको व्यवस्थाबाहेक तोकिएको सीमा भन्दा बढी रकम कारोबार गर्नुपर्ने अवस्था आएमा अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र गर्नुपर्नेछ।

रामेश्वर खनाल अर्थमन्त्री बनेपछि मन्त्रालयले वित्तीय अनुशासन र अनुत्पादक खर्च कटौतीमा कडाइ गर्दै आएको छ। यसैअनुरूप विदेशी मुद्रा सम्बन्धी व्यवस्थामा समेत थप कडाइ गरिएको हो।

 


Thali Mobile Pvt.Ltd.