भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पशु चौपायामा बढ्दो बाँझोपन : कारण र व्यवस्थापनका उपाय

पशु चौपायामा बढ्दो बाँझोपन : कारण र व्यवस्थापनका उपाय

काठमाडौं, १६ असाेज । पछिल्लो समय गाई–भैंसीलगायत पशु चौपायामा बाँझोपन (infertility) को समस्या तीव्र रुपमा बढिरहेको छ। यसले किसानलाई दूध उत्पादनमा मात्र होइन, अरबौँको क्षति बेहोर्नुपर्ने स्थितिमा पुर्‍याएको छ।

पशु चिकित्सकहरूका अनुसार, समयमै पोषणयुक्त आहार नपाउने, नाम्ले तथा जुकाको औषधि नदिने, रोगको समयमै उपचार नगर्ने जस्ता कारणले बाँझोपन बढ्दै गएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालमा गाई–गोरु संख्या : ५१ लाख ९८ हजार, भैंसी/राँगा संख्या : ३३ लाख ७ हजार, दुधालु गाई : १० लाख ६३ हजार, दुधालु भैंसी : १२ लाख ५१ हजार, बाँझोपन बढे पनि दूध उत्पादन भने वृद्धि देखिन्छ।

आर्थिक वर्ष २०७८/७९ : २५ लाख ६६ हजार मेट्रिक टन, आर्थिक वर्ष २०७९/८० : २६ लाख १३ हजार मेट्रिक टन, आर्थिक वर्ष २०८०/८१ : २६ लाख ८३ हजार मेट्रिक टन तर, बाँझोपन दीर्घकालीन रूपमा बढे दुग्ध क्षेत्रमा ठूलो असर पर्ने सरोकारवालाहरूको चिन्ता छ।

गत वर्ष चैतदेखि असारसम्म गण्डकी प्रदेशका स्याङ्जा, लमजुङ, गोरखा र नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गरिएको अध्ययनले ३६.८८% पशुमा बाँझोपन रहेको देखाएको थियो। देशव्यापी रूपमा औसत २०% को हाराहारीमा बाँझोपन हुने तथ्य पाइएको छ।

पशु चिकित्सकहरूका अनुसार सामान्य अवस्थामा स्वस्थ जनावरले १२–१४ महिनामा बच्चा जन्माउने गर्छ। तर, प्रजनन अङ्गमा रोग, सङ्क्रामक रोग, बारम्बार गर्भाधान, मौन गर्मी, सिस्टिक अण्डाशय आदि कारणले गर्भ रहँदैन। पोषण समस्या : कार्बोहाइड्रेट, क्याल्सियम, भिटामिन ए को कमी। रोगजन्य कारण : ब्याक्टेरिया, भाइरस वा प्रोटोजोल रोग। अन्य कारण : उमेर, मौसम, तापक्रम, असामान्य शारीरिक अवस्था।

पशु चिकित्सक डा. रविन बस्ताकोटीका अनुसार, कार्बोहाइड्रेट कमी हुँदा शुक्राणु उत्पादनमा कमी आउँछ, क्याल्सियमको कमीले प्रजनन समस्या बढाउँछ भने भिटामिन–ए को कमीले पाठेघरमा प्रतिकूल असर पुर्‍याउँछ। उपयुक्त समयमा मात्र गर्भाधान गर्ने। जन्मदेखि नै उचित पोषण र खनिज मिश्रण दिने।सफा पिउने पानी र गर्मी कम गर्ने वातावरण व्यवस्थापन गर्ने।

पटक–पटक गर्भाधान नगर्ने, यसले प्रजनन अङ्गलाई स्थायी क्षति पुर्‍याउँछ। असामान्य शारीरिक अवस्था भएका जनावर छुट्याउने। प्रजनन पथका सङ्क्रमण वा रोगमा समयमै उपचार गर्ने। आवश्यक परे तत्काल पशु चिकित्सकसँग परामर्श लिने।

पशु चिकित्सकहरूको भनाइमा, बाँझोपनको समस्या समाधान गर्न किसानले समयमै सचेत भई आहार, स्वास्थ्य, उपचार र व्यवस्थापनमा ध्यान दिन जरुरी छ। यसो गरे दुग्ध उत्पादन स्थिर र दीर्घकालीन रूपमा लाभदायक बनाउन सकिने विश्वास लिइएको छ।

 


Thali Mobile Pvt.Ltd.