भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

योजना निर्माण गर्न गृहमन्त्री लामिछाने मध्यराती अनुगमनमा

योजना निर्माण गर्न गृहमन्त्री लामिछाने मध्यराती अनुगमनमा

काठमाडौं । मध्यराती गृहमन्त्री रवि लामिछानेले प्रहरी वृतमा अनुगमन गरेका छन् । शुक्रबार राति बौद्ध, गौशाला र महाराजगञ्ज प्रहरी वृत्तको उनले अनुगमन गरेका हुनु ।

अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले नागरिकका गुनासा तत्काल सुन्न र कामकारबाही प्रभावकारी बनाउन नेपाल प्रहरीलाई निर्देशन दिएका हुन । गृहमन्त्री लामिछानेले पीडितमैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन समेत निर्देशन दिएका छन् ।

नयाँ बसपार्क क्षेत्रको विशेष सुरक्षा योजना पाँच दिनभित्र पेश गर्न महाराजगञ्ज वृत्त प्रमुखलाई निर्देशन दिएको जनाइएको छ ।
प्रहरीको काम कारवाही थप प्रभावकारी बनाउन गर्नुपर्ने सुधारका लागि सुझाव दिन, प्रहरी सङ्गठनलाई अझ नागरिकमैत्री, व्यावसायिक, स्रोत–साधनयुक्त र चुस्त–दुरुस्त बनाउन गर्नुपर्ने कामको योजना बनाउन सुझाव लिनका लागि गृहमन्त्री लामिछानेले तल्लो तहका प्रहरी युनिटको अनुगमन थालेको बताइएको छ ।

प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिदै उजुरी÷जाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको सङ्ख्याबारे गृहमन्त्री लामिछानेले जानकारी लिएको स्रातले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.