भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

तिहारमा बिके ५० करोडका फूल

तिहारमा बिके ५० करोडका फूल

काठमाडौं । यो वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबर फूलको बिक्रि भएको छ । सबैभन्दा बढी खपत काठमाडौं उपत्यकामा भएको हो । गत वर्षकै हाराहारीमा फूलको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले बताए । बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ ।

विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताए । काठमाडौँ उपत्यकाका तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् ।

नेपालमा हाल २२१ हेक्टरमा एक हजार १८४ व्यवसायीले पुष्पखेती गरेका छन् । व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यसबाट ४४ हजारभन्दा बढी लाभान्वित भएको बादेको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.