भर्खरै : Sorry, your browser does not support inline SVG.
अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा | “बोल्यो कि पोल्यो?” : नेताहरूको अभिव्यक्तिले भू–राजनीति बदल्ने उदाहरणसँग बालेन शाहको भनाइ जोडेर कूटनीतिक बहस | महोत्तरीमा बालक अपहरण प्रयास : फरार अभियुक्त रौतहटबाट पक्राउ | तातो हावा लहर (हिट वेभ) को जोखिम बढ्दै : पूर्वतयारी र समन्वयमा जोड | ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोट : नासाको चन्द्र अभियान समय तालिकामा असर पर्ने चिन्ता | दैलेखमा पारिवारिक विवादले उग्र रूप लियो : बुबाको कुटपिटबाट छोराको मृत्यु | रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता, नेपाल–भारत सम्बन्धबारे छलफल | महोत्तरीमा लुटेराको गोली लागेर श्रीमान्-श्रीमती घाइते, उपचारका लागि जनकपुर पठाइयो |

नेपालमा पनि दर्ता भयो टिकटक

नेपालमा पनि दर्ता भयो टिकटक

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ ।टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले बताए । टिकटक सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका बमोजिम दर्ता भएको मन्त्रालयका प्रवक्ता ठाकुरले बताए । नेपालले राखेका सवै सर्तहरू र निर्देशिकाले व्यवस्था गरेका विषयमा सहमत भएको भनेर टिकटकले पत्राचार गरेको थियो ।

सोहीबमोजिम दर्ता प्रक्रिया पूरा गरी दर्ता भएको मन्त्रालयले जनाएको छ । टिकटकले कागजात उपलब्ध गराउन कात्तिक तेस्रो सातासम्मको समय मागे पनि कात्तिकको सुरूमै कागजात उपलब्ध गराएको थियो । दुई सय पृष्ठको कागजात अध्ययन गरिसकेपछि दर्ता गरिएको हो । टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका सर्तहरू पूरा गर्ने जनाएको छ ।

सरकारले गत वर्ष फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषदबाट पारित गरेको थियो । जसअनुसार सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो ।तर २०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो । अघिल्लो सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धबारे नेपाली कांग्रेस, रास्वपा, राप्रपा लगायतका दल र सरोकारवाला व्यक्तिहरूले विरोध जनाएका थिए ।

टिकटकले नेपालको नीति नियममा बसेर सञ्चालन गर्न तयार हुँदाहुँदै पनि प्रतिबन्ध लगाइएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए । त्यस्तै दुई पटकसम्म प्रतिबन्ध फुकुवा गर्न टिकटकलाई पत्र पठाएको थियो । वर्तमान सरकार गठन भएपछि गत भदौ ६ गते मात्रै टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको थियो । यससँगै आधिकारिक दर्ता गरेर सञ्चालन गर्नको लागि टिकटकले समय माग गरेको थियो ।

आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट पनि राजस्व उठाउने बाटो खुलेको र नियमन पनि सहज रूपमा गर्न सक्ने मन्त्रालयले जनाएको छ । टिकटकमा आपत्तिजनक कन्टेन्ट आएमा त्यसलाई हटाउन सक्ने गरिएको छ । टिकटकको नेपाल हेर्ने कार्यालय सिंगापुरमा छ ।

 


Thali Mobile Pvt.Ltd.