भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

जनेजी मुभमेन्टद्वारा प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग

जनेजी मुभमेन्टद्वारा प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग

काठमाडौँ । जनेजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई भ्रष्टाचार, पक्षपात र कुशासनमा फसेको आरोप लगाउँदै तत्काल राजीनामा दिन माग गरेको छ । सोमबार जारी विज्ञप्तिमा मुभमेन्टले सरकारका प्रमुख मन्त्रीहरू र संवैधानिक पदाधिकारीहरूमाथि गम्भीर आरोप लगाउँदै सरकारले जनविश्वास गुमाएको दाबी गरेको हो ।

विज्ञप्तिअनुसार उर्जामन्त्री कुलमान घिसिङले ४३ करोड नोक्सानी पुर्‍याएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी कर छुट दिएको र महान्यायाधिवक्ता सविता बराल भण्डारी किशोरीहरूको डिम्ब विक्री प्रकरणमा मुछिएको आरोप लगाइएको छ । यस्तै, प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिवले आफन्तलाई नियुक्ति दिएको तथा गृहमन्त्री ओमप्रकाश अर्यालले सशस्त्र प्रहरीले दरबन्दी बढाएर काकालाई डीआइजी बनाएको दाबी गरिएको छ ।

जनेजी मुभमेन्टले सहिद तथा घाइतेहरूको बलिदानमाथि सरकार गम्भीर अपमानमा लागेको आरोप लगाउँदै सुशीला कार्कीलाई तत्काल राजीनामा दिन तथा देशवासीलाई सरकारलाई सार्वजनिक रूपमा बहिस्कार गर्न आह्वान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.