भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रदेश र पालिकालाई अनुदान हस्तान्तरणमा ढिलाइ, बजेट कार्यान्वयनमा व्यापक असर

प्रदेश र पालिकालाई अनुदान हस्तान्तरणमा ढिलाइ, बजेट कार्यान्वयनमा व्यापक असर

काठमाण्डौ, १५  कार्तिक । सङ्घीय सरकारले प्रदेश र पालिका तथा प्रदेश सरकारले पालिकालाई वार्षिक बजेटमार्फत् छुट्याउने विभिन्न शीर्षकका अनुदान रकम आर्थिक वर्षको बीचमा कटौती गर्दा समग्र बजेट कार्यान्वयन प्रभावित भएको देखिएको छ।

राष्ट्रपतिसमक्ष पेश गरिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदनका अनुसार आयोगको सिफारिस बमोजिम अनुदान नछुट्याइएको मात्र नभई, तल्लो तहमा पठाउने भनेर तोकिएको रकमसमेत आंशिक रूपमा मात्र हस्तान्तरण भएको पाइन्छ।

आयोगको प्रतिवेदनले यस्तो प्रवृत्तिले बजेट कार्यान्वयनमा गम्भीर समस्या उत्पन्न गरिरहेको उल्लेख गरेको छ। बजेट कटौती गर्ने समस्या सङ्घ र प्रदेश दुवै तहका सरकारमा रहेको पनि प्रतिवेदनले देखाएको छ।

त्यस्तै, सशर्त अनुदानतर्फ सङ्घ र प्रदेशले आयोगलाई आवश्यक तथ्याङ्क नै उपलब्ध नगराएको पाइएको छ, जसले आर्थिक पारदर्शितामा प्रश्न उठाएको आयोगको भनाइ छ।

उक्त प्रतिवेदनअनुसार, केही पालिकाहरूले नगर विकास कोषबाट ऋण लिँदा कानुनी प्रक्रिया पालना नगरेको पनि देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्र १६ वटा पालिकाले नगर विकास कोषबाट ३७ करोड १९ लाख ३६ हजार रुपैयाँ ऋण लिएका थिए।

 


Thali Mobile Pvt.Ltd.