भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

बीपी र मेची राजमार्ग अझै पूर्ण अवरुद्ध, जोमसोम–कागबेनी सडक सञ्चालनमा

बीपी र मेची राजमार्ग अझै पूर्ण अवरुद्ध, जोमसोम–कागबेनी सडक सञ्चालनमा

काठमाडौँ, १५ कात्तिक। अविरल वर्षाका कारण हिजोदेखि अवरुद्ध भएको बीपी राजमार्ग अझै पनि पूर्ण रूपमा खुलेको छैन। निरन्तर लेदो बगिरहेकाले अबरोध हटाउन कठिनाइ भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिनुभयो।

उहाँका अनुसार लेदो बग्ने क्रम रोकिएमा करिब दुई घण्टाभित्र सडक सञ्चालनमा ल्याउन सकिनेछ। राजमार्गका चारसय वेँसी, पिन्थली र मङ्गलटार क्षेत्रमा ठूलो मात्रामा लेदो र पहिरो खसेका छन्।

त्यसैगरी, वर्षाका कारण अस्ति बिहीबारदेखि अवरुद्ध मेची राजमार्ग आज (शनिबार) पनि बन्द छ। इलाम नगरपालिका–९ मा पहिरो खसेपछि सडक खुलाउने प्रयास जारी भए पनि भासिने क्रम नरोकिएकाले यातायात सञ्चालन सम्भव नभएको सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईले बताउनुभयो।

मेची राजमार्ग बन्द हुँदा इलाम, पाँचथर, ताप्लेजुङ र झापाका यात्रीहरू प्रभावित भएका छन्। यसबीच, अवरुद्ध रहेको जोमसोम–कागबेनी सडक भने मर्मतपछि पुनः सञ्चालनमा आएको छ।

विभिन्न स्थानमा भासिएको सडक मर्मत गरी अब जोमसोमबाट कागबेनी र मुक्तिनाथसम्म यातायात सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो।

 


Thali Mobile Pvt.Ltd.