भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बीपी र मेची राजमार्ग अझै पूर्ण अवरुद्ध, जोमसोम–कागबेनी सडक सञ्चालनमा

बीपी र मेची राजमार्ग अझै पूर्ण अवरुद्ध, जोमसोम–कागबेनी सडक सञ्चालनमा

काठमाडौँ, १५ कात्तिक। अविरल वर्षाका कारण हिजोदेखि अवरुद्ध भएको बीपी राजमार्ग अझै पनि पूर्ण रूपमा खुलेको छैन। निरन्तर लेदो बगिरहेकाले अबरोध हटाउन कठिनाइ भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिनुभयो।

उहाँका अनुसार लेदो बग्ने क्रम रोकिएमा करिब दुई घण्टाभित्र सडक सञ्चालनमा ल्याउन सकिनेछ। राजमार्गका चारसय वेँसी, पिन्थली र मङ्गलटार क्षेत्रमा ठूलो मात्रामा लेदो र पहिरो खसेका छन्।

त्यसैगरी, वर्षाका कारण अस्ति बिहीबारदेखि अवरुद्ध मेची राजमार्ग आज (शनिबार) पनि बन्द छ। इलाम नगरपालिका–९ मा पहिरो खसेपछि सडक खुलाउने प्रयास जारी भए पनि भासिने क्रम नरोकिएकाले यातायात सञ्चालन सम्भव नभएको सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईले बताउनुभयो।

मेची राजमार्ग बन्द हुँदा इलाम, पाँचथर, ताप्लेजुङ र झापाका यात्रीहरू प्रभावित भएका छन्। यसबीच, अवरुद्ध रहेको जोमसोम–कागबेनी सडक भने मर्मतपछि पुनः सञ्चालनमा आएको छ।

विभिन्न स्थानमा भासिएको सडक मर्मत गरी अब जोमसोमबाट कागबेनी र मुक्तिनाथसम्म यातायात सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो।

 


Thali Mobile Pvt.Ltd.