भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

देशभर गर्मीको प्रकोप : तातो हावाबाट जोगिन आग्रह

देशभर गर्मीको प्रकोप : तातो हावाबाट जोगिन आग्रह

काठमाण्डौ । देशभर गर्मी बढ्दो क्रममा छ । तराई–मधेशका भैरहवा, नेपालगञ्ज र धनगढीमा गर्मीले जनजीवन कष्टकर बनेको छ ।

भैरहवामा ४१.३, धनगढीमा ४०.८ र नेपालगञ्जमा ४० डिग्री सेल्सियस तापक्रम पुगेको छ । आगामी तीन दिन वर्षाको सम्भावना नभएकाले तापक्रम थप बढ्ने मौसमविद्को अनुमान छ । लुम्बिनी र सुदूरपश्चिममा सुक्खा मौसमका कारण गर्मी झनै चर्किएको छ । तातो हावाको लहर (लू) चल्न सक्ने जोखिम रहेकाले सावधानी अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले सुझाएको छ ।

आज देशका अधिकांश स्थानमा मौसम सफा छ । कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भेगमा आंशिक बदली र कोशी–गण्डकीका एक–दुई ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ । राति पनि कोशी र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.