भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सडकमा रहेका शिक्षकलाई विद्यालय फर्कने वातावरण बनाउन आग्रह

सडकमा रहेका शिक्षकलाई विद्यालय फर्कने वातावरण बनाउन आग्रह

काठमाण्डौ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आन्दोलनरत शिक्षकहरूलाई सडकबाट तत्काल विद्यालय फर्कने वातावरण बनाउन सरकार र नेपाल शिक्षक महासङ्घसँग आग्रह गरेको छ ।

महासङ्घले विज्ञप्ति जारी गरी आपसी संवाद र वार्तामार्फत समस्याको समाधान खोज्न जोड दिएको छ । महासङ्घका अध्यक्ष गुणराज मुक्तानद्वारा जारी विज्ञप्तिमा संविधान जारी भएको एक दशक बितिसक्दा पनि शिक्षा ऐन नआएको विषयमा नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलनलाई सरकारले बेवास्ता नगर्न अनुरोध गरिएको छ ।

साथै, बालबालिकाको शिक्षा, मनोविज्ञान र भविष्यलाई ध्यानमा राखी परीक्षा सञ्चालन, नतिजा प्रकाशन र विद्यार्थी भर्ना प्रक्रिया सहज बनाउन देशभरका विद्यालय व्यवस्थापन समितिलाई आह्वान गरिएको छ । शैक्षिक हड्तालका कारण झन्डै २८ हजार सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको परीक्षा, नतिजा प्रकाशन र भर्ना प्रक्रिया अवरुद्ध भएकोमा महासङ्घले चिन्ता व्यक्त गरेको छ ।

यसले अभिभावकहरूमा समेत अन्योलता सिर्जना गरेको छ । आन्दोलनकै कारण कक्षा १२ को परीक्षा १० दिन पर सरेर वैशाख २१ गतेदेखि सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । महासङ्घले सरकारलाई जिम्मेवार बनेर समस्याको समाधान गर्न र शैक्षिक गतिविधि सुचारु गर्न तत्काल पहल गर्न माग गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.