भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जाजरकोटमा जडीबुटी प्रशोधन सुरु

जाजरकोटमा जडीबुटी प्रशोधन सुरु

काँक्रेविहार । जाजरकोटको भेरी नगरपालिका–१ को धल्दामा स्थापित जडीबुटी प्रशोधन केन्द्रबाट जडीबुटी प्रशोधन सुरु गरिएको छ । विसं २०७८ जेठ ११ गतेदेखि निर्माण सुरु भएको उक्त भवनको काम सम्पन्न भएसँगै व्यावसायिक रूपमा काम सुरु भएको हो । हाल यहाँबाट टिमुर प्रशोधन भइरहेको कार्यालय प्रमुख बखतबहादुर साउदले जानकारी दिए । तीस टन टिमुर प्रशोधन गरेर पठाउने लक्ष्य लिइएकामा हाल साढे चार टन खरिद गरी प्रशोधन गरिएको उनले बताए।

‘पहिलो चरणमा सुगन्धवाल, जटामसी र टिमुर सङ्कलन गरेर प्रशोधन गर्ने लक्ष्य छ । जाजरकोट मात्र नभई अन्य जिल्लाबाट पनि यहाँ जडीबुटी ल्याएर प्रशोधन गर्न सकिने र कम्पनीले खरिद गर्ने लक्ष्य छ’, उनले भने ।

प्रशोधन केन्द्र स्थापना भएसँगै स्थानीय किसानले उत्पादन गरेका जडीबुटीको व्यावसायिक उत्पादन र बजारीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । भेरी करिडोरसँग जोडिएको भेरी नगरपालिका–१ र ३ राताचौरमा निर्माणपछि स्थानीयस्तरमा रोजगारी सिर्जना र भेरी करिडोर हुँदै जिल्लाबाहिर जाने जडीबुटी जिल्लामै प्रशोधन गरी बजारीकरण गर्न सकज भएको छ । यसबाट स्थानीय नागरिक पनि उत्साहित भएका छन् ।

कर्णाली प्रदेशका जिल्लामा उत्पादन हुने रातो च्याउ, अल्लो, टिमुर, काँकडसिङ्गो, लोक्ता, कटुकी, सुगन्धवाल, चिराइतो र काउलो, बोझो, कुरिलो, गुच्ची च्याउ, पदमचाल, तिल्याइलो, विषजरा, यार्सागुम्बा र भृङ्गीराज देशका अन्य स्थानका साथै चीन र भारत निकासी हुँदै आएको छ । प्रशोधन केन्द्र स्थापना भएसँगै त्यसको यही प्रशोधन हुनेछ । रासस

 


Thali Mobile Pvt.Ltd.