भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यान्सर र मुटु रोगको उपचारमा सहुलियत दिन बागमती प्रदेशले १८ अस्पतालसँग गर्‍यो सम्झौता | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

होटल प्रेम दरबार र नगरकोट जिपलाइन पर्यटकहरुका लागि उत्कृष्ट गन्तव्य

होटल प्रेम दरबार र नगरकोट जिपलाइन पर्यटकहरुका लागि उत्कृष्ट गन्तव्य

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ७ स्थित होटल प्रेम दरबार र नगरकोट जिपलाइन एक नयाँ पर्यटन गन्तव्यका रूपमा परिचत छन् । यहाँको शान्त र रमणीय वातावरण, अत्याधुनिक सुविधाहरू र प्राकृतिका अनमोल दृश्यहरूले यो स्थानलाई पर्यटकहरूको प्रमुख गन्तव्य बनाएको छ।

प्राकृतिक सौन्दर्य र रमाइलो अनुभव
होटल प्रेम दरबारमा जहाँदेखि तपाईंले नगरकोट जिपलाइनको रोमाञ्चक अनुभव गर्न सक्नुहुन्छ। यहाँको प्राकृतिक सौन्दर्यले तपाईंलाई रानी झुलाको दृश्य अनुभव गराउने छ । यहाँ बोझिनी ड्यामको अद्भुत दृश्य देख्न पाइन्छ। यी सबै दृश्यहरू होटल प्रेम दरबारको बसाइमा पाइन्छ ।

आफ्नै अर्गानिक तरकारी फार्म अनि लोकल स्वाद

होटल प्रेम दरबारको अर्को विशेषता भनेको यसको आफ्नै अर्गानिक तरकारी फार्म हो। यहाँका खानाका परिकारहरु स्थानीय उत्पादनबाट तयार गरिन्छ, जसमा लोकल खशी, बाख्रा, कुखुराको स्वादलाई स्वादिष्ट र पौष्टिक मानिन्छ । प्रेम दरबारमा बस्ने क्रममा तपाईंले स्वस्थ र ताजा खानाको अनुभव गर्न सक्नुहुन्छ।

सञ्चालक प्रेम बस्नेतको भनाइ

होटल प्रेम दरबारका सञ्चालक, भन्नुहुन्छ, हामीले हाम्रो होटललाई विशेष बनाएर अतिथिहरूको आराम र सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएका छौं। हाम्रो लागि पाहुनाको सन्तुष्टि नै हाम्रो सफलता हो। यही कारणले, हामीसँग आउने हरेक पर्यटकलाई उच्च स्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौं। यहाँको वातावरण र ताजा खानाले अतिथिहरूलाई आन्न्द प्रदान गर्ने गरेको छ ।

उत्कृष्ट बसाई र सुविधा सम्पन्न कोठाहरू
होटल प्रेम दरबारले अत्याधुनिक सुविधासँगै आरामदायक बसाई सुनिश्चित गरेको छ । यहाँका कोठाहरु नरम ओच्छ्यान, सजिलो वातावरण र आकर्षक सजावटले भरिएका छन्, जसले तपाईंलाई पूर्ण विश्रामको अनुभव दिलाउँछ।

तपाईंले प्राकृतिक सौन्दर्यको आनन्द लिँदै, उत्कृष्ट सेवा र अनुभव चाहनुहुन्छ भने, होटल प्रेम दरबार र नगरकोट जिपलाइन तपाईंको लागि उत्तम गन्तव्य हो।

 


Thali Mobile Pvt.Ltd.