भर्खरै : Sorry, your browser does not support inline SVG.

सिन्धुपाल्चोकबाट २ करोड ६९ लाख रुपैयाँभन्दा बढीका अवैध भेप बरामद

सिन्धुपाल्चोकबाट २ करोड ६९ लाख रुपैयाँभन्दा बढीका अवैध भेप बरामद

काठमाडौं, ९ असार । सिन्धुपाल्चोकबाट करिब २ करोड ६९ लाख ५० हजार रुपैयाँ बराबरका अवैध विद्युतीय चुरोट (भेप) बरामद गरिएको छ। घटनामा संलग्न आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोलीले बाह्रबिसे नगरपालिका–३ खाग्दल क्षेत्रमा नियमित चेकजाँचका क्रममा तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो गाडी रोकेको थियो।

जाँचका क्रममा गाडीबाट ७ हजार ७ सय थान अवैध भेप बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले बोलेरो चालक जुगल गाउँपालिका–४ निवासी ३६ वर्षीय रामकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।

बरामद भेप, सवारीसाधन र पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि भोटेकोशीस्थित ड्राइपोर्ट भन्सार कार्यालयमा बुझाइएको छ।

 


Thali Mobile Pvt.Ltd.