भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

वीरगन्जबाट काठमाडौं आउँदै गरेको ट्रकमा १.२ लाख ट्रामाडोल क्याप्सुल फेला

वीरगन्जबाट काठमाडौं आउँदै गरेको ट्रकमा १.२ लाख ट्रामाडोल क्याप्सुल फेला

मुख्य बुँदा:

मालवाहक ट्रकबाट १ लाख २० हजार ६२० ट्रामाडोल क्याप्सुल बरामद

राजस्व छलीको आशङ्कामा ट्रक नियन्त्रणमा लिइएको थियो

पथलैयामा जाँच गर्दा प्रतिबन्धित औषधि फेला

घटनाबारे थप अनुसन्धान जारी

सम्बन्धित निकायले कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ

काठमाडौँ, ९ असार । वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको मालवाहक ट्रकबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले असार ८ गते साँझ करिब ७ बजे राजस्व छलीको आशङ्कामा बा.प्र. ०३–००१ ख ३३४६ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो।

उक्त ट्रकलाई बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएर विस्तृत जाँच गरिएको थियो।

जाँचका क्रममा ट्रकबाट १ लाख २० हजार ६२० क्याप्सुल प्रतिबन्धित ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ भने बरामद औषधिको स्रोत र संलग्न व्यक्तिहरूबारे अनुसन्धान अगाडि बढाइएको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.