भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

काठमाडौंका मेयर तानाशाह हिटलरको बाटोमा अघिबढेको स्वतन्त्र सांसद सिंहको आरोप

काठमाडौंका मेयर तानाशाह हिटलरको बाटोमा अघिबढेको स्वतन्त्र सांसद सिंहको आरोप

काठमाडौं । सिंहदरबार वा संघीय संसद् भवन भत्काएर देखाउन स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई चुनौती दिएका छन्।

प्रमुख साहले कवाडी व्यवसायीमाथि दमन गरिरहेको भन्दै सोमबार प्रतिनिधि सभाको बैठकमा उक्त चुनौती दिएका हुन । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो चुनौती दिएका हुन्।

उनले प्रमुख बालेनलाई संसद भवनसँगै सिंहदरबार, सर्वोच्च अदालत, शिलतनिवास र बालुवाटर भत्काएर देखाउन चुनौती दिएका छन् । उनले मेयर साह नागरिलाई एकठाउँबाट अर्को ठाउँमा गएर बस्न पाउने संवैधानिक हकको विरुद्धमा लागेको तर्क गरे ।

उनले भने, ‘बालेनलाई म चुनौती दिन चाहन्छु, हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ, सिंहदरबार भत्काएर देखाऊ, रामशाह पथको सर्वोच्च अदालत भत्काएर देखाऊ ।

हिम्मत छ भने बालुवाटार र राष्ट्रपतिनिवास शीतलनिवास भत्काएर देखाऊ। यो नाजीवादको शैली काठमाडौंको मेयरको चल्दैन। उनले प्रमुख साहलाई तानाशाहको संज्ञा समेत दिए ।

 


Thali Mobile Pvt.Ltd.