भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौंका मेयर तानाशाह हिटलरको बाटोमा अघिबढेको स्वतन्त्र सांसद सिंहको आरोप

काठमाडौंका मेयर तानाशाह हिटलरको बाटोमा अघिबढेको स्वतन्त्र सांसद सिंहको आरोप

काठमाडौं । सिंहदरबार वा संघीय संसद् भवन भत्काएर देखाउन स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई चुनौती दिएका छन्।

प्रमुख साहले कवाडी व्यवसायीमाथि दमन गरिरहेको भन्दै सोमबार प्रतिनिधि सभाको बैठकमा उक्त चुनौती दिएका हुन । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो चुनौती दिएका हुन्।

उनले प्रमुख बालेनलाई संसद भवनसँगै सिंहदरबार, सर्वोच्च अदालत, शिलतनिवास र बालुवाटर भत्काएर देखाउन चुनौती दिएका छन् । उनले मेयर साह नागरिलाई एकठाउँबाट अर्को ठाउँमा गएर बस्न पाउने संवैधानिक हकको विरुद्धमा लागेको तर्क गरे ।

उनले भने, ‘बालेनलाई म चुनौती दिन चाहन्छु, हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ, सिंहदरबार भत्काएर देखाऊ, रामशाह पथको सर्वोच्च अदालत भत्काएर देखाऊ ।

हिम्मत छ भने बालुवाटार र राष्ट्रपतिनिवास शीतलनिवास भत्काएर देखाऊ। यो नाजीवादको शैली काठमाडौंको मेयरको चल्दैन। उनले प्रमुख साहलाई तानाशाहको संज्ञा समेत दिए ।

 


Thali Mobile Pvt.Ltd.