भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायली आक्रमण जारी

इजरायली आक्रमण जारी

जेरुसेलम । अमेरिकी मध्यस्थतामा मध्यपूर्वका युद्ध विरामको सम्भावना बढ्दै गर्दा इजरायलको आक्रमण भने जारी छ । गएको २४ घण्टामा लेबनानमा भएको आक्रमणमा ३१ जनाको ज्यान गएको छ । गाजामा समस्या अझ थपिएको छ । हावा र हुरीको कारणले विस्थापितका १० हजार पाल पनि नासिएका छन् ।

यसरी पाल भत्किएपछि त्यहाँको दर्दनाक दृश्य बाहिर आउन थालेका छन् । यसैबिच विश्व स्वास्थ्य सङ्गठनले इजरायलले उत्तरमा रहेको कमल आडवा अस्पतालमा गरेको आक्रमणको निन्दा गरेको छ । समाचारका अनुसार पछिल्लो समय इजरायली क्याबिनेटमा युद्ध विरामका बारे छलफल भएको छ ।

अहिलेको वार्ताको विषय संयुक्त राष्ट्र सङ्घीय रिसोलुसन १७०१ सँग सम्बन्धित छ । यस अनुसार हिजबुल्लाहले लेबनानको लिटानी नदीको उत्तरबाट सेना हटाउनुपर्ने छ । यसैगरी त्यसबाट दक्षिणी भागमा लेबनानी सेना रहन सक्ने छन् । यसबाट इजरायलको सुरक्षामा कुनै खतरा हुने छैन ।

युद्ध विरामअघि बढी रहेको समयमा अन्तर्राष्ट्रिय अपराध अदालतले जारी गरेको इजरायली प्रधानमन्त्री बेन्जानिम नेतान्याहु र पूर्व रक्षा मन्त्री युसुफ गालान्टको वारेन्ट पत्रका बारे छलफल हुन नै बाँकी छ । फ्रान्स लगायत देशले त्यसको समर्थन गरी सकेका छन् ।

अहिलेको वार्ता भने अमेरिकी दूत र इजरायलको पक्षमा भइरहेको छ । यसपछि नै साउदै अरेबियाको पनि मध्यस्थतामा वार्ता हुने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.