भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

इजरायली आक्रमण जारी

इजरायली आक्रमण जारी

जेरुसेलम । अमेरिकी मध्यस्थतामा मध्यपूर्वका युद्ध विरामको सम्भावना बढ्दै गर्दा इजरायलको आक्रमण भने जारी छ । गएको २४ घण्टामा लेबनानमा भएको आक्रमणमा ३१ जनाको ज्यान गएको छ । गाजामा समस्या अझ थपिएको छ । हावा र हुरीको कारणले विस्थापितका १० हजार पाल पनि नासिएका छन् ।

यसरी पाल भत्किएपछि त्यहाँको दर्दनाक दृश्य बाहिर आउन थालेका छन् । यसैबिच विश्व स्वास्थ्य सङ्गठनले इजरायलले उत्तरमा रहेको कमल आडवा अस्पतालमा गरेको आक्रमणको निन्दा गरेको छ । समाचारका अनुसार पछिल्लो समय इजरायली क्याबिनेटमा युद्ध विरामका बारे छलफल भएको छ ।

अहिलेको वार्ताको विषय संयुक्त राष्ट्र सङ्घीय रिसोलुसन १७०१ सँग सम्बन्धित छ । यस अनुसार हिजबुल्लाहले लेबनानको लिटानी नदीको उत्तरबाट सेना हटाउनुपर्ने छ । यसैगरी त्यसबाट दक्षिणी भागमा लेबनानी सेना रहन सक्ने छन् । यसबाट इजरायलको सुरक्षामा कुनै खतरा हुने छैन ।

युद्ध विरामअघि बढी रहेको समयमा अन्तर्राष्ट्रिय अपराध अदालतले जारी गरेको इजरायली प्रधानमन्त्री बेन्जानिम नेतान्याहु र पूर्व रक्षा मन्त्री युसुफ गालान्टको वारेन्ट पत्रका बारे छलफल हुन नै बाँकी छ । फ्रान्स लगायत देशले त्यसको समर्थन गरी सकेका छन् ।

अहिलेको वार्ता भने अमेरिकी दूत र इजरायलको पक्षमा भइरहेको छ । यसपछि नै साउदै अरेबियाको पनि मध्यस्थतामा वार्ता हुने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.