भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेस–एमाले समीकरण चुनावका लागि मात्रै होइनः प्रकाशशरण महत

कांग्रेस–एमाले समीकरण चुनावका लागि मात्रै होइनः प्रकाशशरण महत

नुवाकोट । वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन् ।

नुवाकोटको दुप्चेश्वर–६ स्थित समुन्द्रटारमा आज सडक कालोपत्र शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा महतले नेकपा माओवादी केन्द्रको बारम्बारको घुर्कीबाट दुई ठूला दलबीच देश विकासको लागि गरिएको प्राणले अहिलेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने दाबी गरे।

महतले भने, “ठूला दलहरू सत्ता सञ्चालनमा सहकार्य हुनु सुहाउँदो पक्ष होइन। पाटी भन्दामाथि उठेर, जनताको पृष्ठ पोषणको लागी काम गर्न दुई दलबीच प्रतिबद्धता छ । यसलाई कायम राखेर अर्को निर्वाचनसम्म सत्ता गठबन्धन कायम रहन्छ । चीनसँग मात्र होइन जुनसुकै राष्ट्रसँग ऋण लिन सक्ने हैसियतमा मुलुक नभएकाले अनुदान र सहयोगका कार्यक्रमलाई मात्र कांग्रेसले स्वागत गर्दछ ।

चीन सरकारसँग कोभिड यता भएका अनुदानका सहमति कार्यान्वयन गर्न, आगामी दिनमा अनुदान र सहयोगको दायरा बढाउन तथा लगानी भित्र्याउने किसिमका साझा कार्यक्रममा समझदारी गर्नुपर्दछ ।” प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा हुने सहमति तथा सम्झौताको लागि नेपाली पक्षले सरोकारवालाको सुझावअनुसार नै प्रस्ताव लैजाने विश्वास व्यक्त गरे।

 


Thali Mobile Pvt.Ltd.