भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक वडा अध्यक्षको मृत्यु

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक वडा अध्यक्षको मृत्यु

१४ जेठ२०७७, कैलाली । सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक वडा अध्यक्षको मृत्यु भएको छ । कन्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

सोहि वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडा अध्यक्ष एक्कासी बेहोस भए पछि सेती प्रादेशिक अस्पतालमा उपचार गर्न लैजाने क्रममा उनको मृत्यु भएको हो ।
उनी ५८ वर्षका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेलले गएराति करिब १२ बजे उनको ज्यान गएको र शव सेती प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिए ।

अस्पताका मेसु हेमराज पाण्डेयले उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षण गर्ने जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.