भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक वडा अध्यक्षको मृत्यु

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक वडा अध्यक्षको मृत्यु

१४ जेठ२०७७, कैलाली । सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक वडा अध्यक्षको मृत्यु भएको छ । कन्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

सोहि वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडा अध्यक्ष एक्कासी बेहोस भए पछि सेती प्रादेशिक अस्पतालमा उपचार गर्न लैजाने क्रममा उनको मृत्यु भएको हो ।
उनी ५८ वर्षका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेलले गएराति करिब १२ बजे उनको ज्यान गएको र शव सेती प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिए ।

अस्पताका मेसु हेमराज पाण्डेयले उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षण गर्ने जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.