भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट संकलित रकमले भवन निर्माण कार्यलाई अगाडि बढाउने आयोजकले बताएका छन्।

विहीबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष खेम सुवेदीले महायज्ञको उद्देश्य तथा योजना सार्वजनिक गर्दै महायज्ञबाट प्राप्त दान रकम भवन निर्माणका साथै अक्षयकोष स्थापन र पुस्तकालय निर्माणमा समेत प्रयोग गरिने बताउनुभयाे ।

महायज्ञमा कथावाचन मञ्जरी राधिका दासीले गर्ने कार्यक्रम रहेको छ। महायज्ञ जेठ ४ गतेदेखि सुरु भई १० गतेसम्म चल्नेछ। कार्यक्रममा सहभागी व्यवस्थापनका लागि १७ वटा उपसमिति गठन गरिएको आयोजकले जनाएकाे छ ।

२०६९ सालको पुरानबाट संकलित रकमबाट सुरु गरिएको भवन निर्माण हालसम्म तीन तला सम्म सम्पन्न भइसकेको छ। अध्यक्ष सुवेदीका अनुसार भवन निर्माण, शौचालय, ढिकुरो उठाउने लगायतका कार्यमा हालसम्म करिब १ करोड ६३ लाख रुपैयाँ खर्च भइसकेको छ भने अझै १६ लाख रुपैयाँ ऋण रहेको छ।

“अहिले नगरे कहिले गर्ने? हामीले नगरे कसले गर्ने?” भन्ने अभियानसहित अघि बढेको महायज्ञमार्फत २ करोड रुपैयाँभन्दा बढी संकलन गर्ने लक्ष्य लिइएको छ। समाजले दाताहरूको सहयोगमा अधुरो भवन निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गरेको छ। सहयोगदाताको योगदानको आधारमा सम्मानको विशेष व्यवस्था गरिएको पनि आयोजककाे भनाइ छ । 

 


Thali Mobile Pvt.Ltd.