भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले देशको नाममा कुनै काम नगरेको टिप्पणी गरेका छन् । बिहीबार पार्टीको भक्तपुर जिल्ला कमिटीको कार्यक्रममा ओलीले कांग्रेसले देशका लागि केही गर्न नसकेको आरोप लगाएका हुन् ।
अहिले गिरीबन्धु टी स्टेटमा आफूलाई जोडेर भ्रम फैलाउने काम भएको ओलीको भनाइ छ । उनले कानुन बनाएपछि एमालेलाई आरोप लगाइएको दाबी गरे । वैचारिक संघर्ष गर्न नसक्ने भएपछि बदनाम गराउने काम भएको उनको जिकिर छ ।
उनले कांग्रेसले भूकम्प गएको बेला केही नगरेको पनि आरोप लगाए । एमालेले एक महिनासम्म दिनमा ३० हजार स्वयंसेवक एक महिनासम्म खटाएको उनको भनाइ छ। ओलीले कांग्रेसले काम नगर्ने र धेरै बोल्ने गरेको आरोप लगाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । आर्थिक शोषणविरूद्ध मिटरव्याज पीडितहरूले जनजागरण अभियान सञ्चालन गर्ने भएका छन् । मिटरव्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले शुक्रवार जनकपुरधाममा एक पत्रकार सम्मेलन गरी अभियान शुरुवात गर्ने घोषणा गरेका...
काठमाडौं । शीतलहरका कारण कोशी र मधेश प्रदेशमा जनजीवन प्रभावित बनेको छ । शीतलहर तुषारोको कारण जनजीवन प्रभावित भएको हो । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले शीतलहर चलेको मौसम...
तनहुँ । तनहुँको व्यास नगरपालिकाका चार वटा वडा जोड्ने सडकको काम सुस्त भएको छ । गएको जेठदेखि शुरू भएको सडकको स्तरोन्नतिको काम सुस्त भएपछि गति बढाउन व्यास नगरपालिकाले सम्बन्धित...
काभ्रे । काभ्रेमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ । काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा आगलागीमा एक महिलाको ज्यान गएको हो । आगो पाँच वटा दमकलको सहायतामा सेना, प्रहरी,...