भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

कांग्रेसले देशको नाममा कुनै काम गरेनः केपी ओली

कांग्रेसले देशको नाममा कुनै काम गरेनः केपी ओली

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले देशको नाममा कुनै काम नगरेको टिप्पणी गरेका छन् । बिहीबार पार्टीको भक्तपुर जिल्ला कमिटीको कार्यक्रममा ओलीले कांग्रेसले देशका लागि केही गर्न नसकेको आरोप लगाएका हुन् ।

अहिले गिरीबन्धु टी स्टेटमा आफूलाई जोडेर भ्रम फैलाउने काम भएको ओलीको भनाइ छ ।‍ उनले कानुन बनाएपछि एमालेलाई आरोप लगाइएको दाबी गरे । वैचारिक संघर्ष गर्न नसक्ने भएपछि बदनाम गराउने काम भएको उनको जिकिर छ ।

उनले कांग्रेसले भूकम्प गएको बेला केही नगरेको पनि आरोप लगाए । एमालेले एक महिनासम्म दिनमा ३० हजार स्वयंसेवक एक महिनासम्म खटाएको उनको भनाइ छ। ओलीले कांग्रेसले काम नगर्ने र धेरै बोल्ने गरेको आरोप लगाए ।

 


Thali Mobile Pvt.Ltd.