कुवेतमा भएको आगलागीमा ज्यान गुमाउनेमध्ये ४० जना भारतीय भएको पुष्टि

कुवेतमा भएको आगलागीमा ज्यान गुमाउनेमध्ये ४० जना भारतीय भएको पुष्टि image

भक्तपुर । कुवेतको एक भवनमा भएको आगलागीमा ज्यान गुमाउने ४९ मध्ये ४० जना भारतीय भएका पुष्टि भएको छ ।

ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार राति बैठक गरेका थिए। आगलागीबाट प्रभावित परिवारलाई सहयोग गर्न हरसम्भव प्रयास गर्ने उनले बताए। प्रधानमन्त्री मोदीले हिजै मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २।२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

यो भवनमा धेरैजसो आप्रवासी कामदार बस्ने भएकाले मृतक पनि सबैजसो आप्रवासी नै हुनसक्ने खबरमा उल्लेख छ । आगलागीमा परि ५० जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एजेन्सी

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda