भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कुहिरोका कारण प्रभावित आन्तरिक उडान सुचारू, मौसममा सुधार

कुहिरोका कारण प्रभावित आन्तरिक उडान सुचारू, मौसममा सुधार

काठमाडौं, १५ माघ । बाक्लो हुस्सु तथा कुहिरोका कारण आज बिहान काठमाडौँसहित देशका विभिन्न विमानस्थलमा प्रभावित भएका आन्तरिक उडानहरू अहिले सुचारू भएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार काठमाडौँ, विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा बिहान उडान सुरु हुन सकेको थिएन । तर दिउँसोबाट मौसममा सुधार आएपछि भरतपुर, तुम्लिङटार र नेपालगञ्जबाहेक अन्य विमानस्थलमा उडान तथा अवतरण पुनः सुरु भएको हो ।

उनले मौसम क्रमशः सुधार हुँदै गएकाले बाँकी विमानस्थलहरूमा पनि अवस्था अनुकूल भएपछि उडान सुचारू हुने जानकारी दिए । कुहिरोका कारण उडान प्रभावित हुँदा यात्रुहरूलाई असुविधा भएको थियो ।

 

 

 


Thali Mobile Pvt.Ltd.