भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

कुहिरोका कारण प्रभावित आन्तरिक उडान सुचारू, मौसममा सुधार

कुहिरोका कारण प्रभावित आन्तरिक उडान सुचारू, मौसममा सुधार

काठमाडौं, १५ माघ । बाक्लो हुस्सु तथा कुहिरोका कारण आज बिहान काठमाडौँसहित देशका विभिन्न विमानस्थलमा प्रभावित भएका आन्तरिक उडानहरू अहिले सुचारू भएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार काठमाडौँ, विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा बिहान उडान सुरु हुन सकेको थिएन । तर दिउँसोबाट मौसममा सुधार आएपछि भरतपुर, तुम्लिङटार र नेपालगञ्जबाहेक अन्य विमानस्थलमा उडान तथा अवतरण पुनः सुरु भएको हो ।

उनले मौसम क्रमशः सुधार हुँदै गएकाले बाँकी विमानस्थलहरूमा पनि अवस्था अनुकूल भएपछि उडान सुचारू हुने जानकारी दिए । कुहिरोका कारण उडान प्रभावित हुँदा यात्रुहरूलाई असुविधा भएको थियो ।

 

 

 


Thali Mobile Pvt.Ltd.