भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

रुसको शिवेलुच ज्वालामुखी एकै दिन दुई पटक विस्फोट, खरानी ८ किलोमिटर उचाइसम्म

रुसको शिवेलुच ज्वालामुखी एकै दिन दुई पटक विस्फोट, खरानी ८ किलोमिटर उचाइसम्म

मस्को (एजेन्सी) । रुसको कामचटका प्रायद्वीपमा अवस्थित शिवेलुच ज्वालामुखीले बुधबार एकै दिनमा दुई पटक विस्फोट गरेको छ । विस्फोटका कारण शक्तिशाली खरानीको मुस्लो आकाशमा फैलिएको रूसी एकेडेमी अफ साइन्सेजको सुदूर पूर्वी शाखाअन्तर्गत ज्वालामुखी तथा भूगर्भ विज्ञान संस्थानले जनाएको छ ।

पहिलो विस्फोट बिहानको समयमा भएको थियो, जसबाट निस्किएको खरानीको मुस्लो समुद्री सतहबाट करिब ७ किलोमिटर उचाइसम्म पुगेको थियो । त्यसैदिन मध्यान्ह भएको दोस्रो विस्फोटबाट खरानीको बादल झन्डै ८ किलोमिटर उचाइसम्म पुगेको जनाइएको छ । खरानीको मुस्लो करिब ११० किलोमिटर पश्चिमतर्फ फैलिँदै प्रायद्वीपको भित्री भागसम्म पुगेको छ । यसले आसपासका बस्तीहरूलाई जोखिममा पारेको भन्दै स्थानीय बासिन्दा तथा पर्यटकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

अधिकारीहरूका अनुसार ज्वालामुखीको खरानीले श्वासप्रश्वाससम्बन्धी समस्या, एलर्जी लगायतका गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्छ । साथै, उड्डयन सुरक्षामा खतरा देखिएकाले ‘ओरेन्ज एभिएसन डेन्जर कोड’ घोषणा गरिएको छ। ज्वालामुखीको खरानीले विमानको इन्जिन ब्लेड तथा अन्य उड्डयन उपकरणमा क्षति पुर्‍याउन सक्ने चेतावनी दिइएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.