भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

“लाली पाउडर लाया जसी ” सार्वजनिक, रोशन टमट्टा र संगीता बडुवालको आवाजमा नयाँ देउडा गीत

“लाली पाउडर लाया जसी ” सार्वजनिक, रोशन टमट्टा र संगीता बडुवालको आवाजमा नयाँ देउडा गीत

काठमाडौं, २५ असार । लोकप्रिय देउडा शैलीमा आधारित नयाँ गीत “लाली पाउडर लाया जसी” सार्वजनिक भएको छ। गायक रोशन टमट्टा र गायिका संगीत बडुवालको आवाजमा सजिएको गीतले सुदूरपश्चिमको सांस्कृतिक लय र जीवनशैली झल्काउने भाव बोकेको छ।

गीतमा शब्द तथा संगीत स्वयं संगीत बडुवालले तयार गरेकी हुन् भने दीपक संगम बीसीले एरेन्ज, मिक्स र मास्टरिङ गरेका छन्। गीत मधुमाला स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक बनाइएको छ। भिडियोमा कलाकारहरू दीपक संगम बीसी, मिराज विक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास), गणेश जीसी, र मीना बडुवालको अभिनय रहेको छ।

भिडियोको निर्देशन तथा नृत्य निर्देशन मिराज विक्रम सिंहले गरेका छन् भने छायांकन र रङ संयोजन अमित बीकेले गरेका छन्। सम्पादन राजेश बोहराको रहेको छ। 

शैली, लय र प्रस्तुति सबै दृष्टिकोणले उत्कृष्ट बनेको “लाली पाउडर ” गीतले विशेषगरी देउडा गीत रुचाउने दर्शक–स्रोतामाझ लोकप्रियता कमाउने अपेक्षा गरिएको छ। गीत अहिले युट्युबसहित विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.