भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

बुढानिलकण्ठ–६ मा निःशुल्क दन्त शिविर, १४४ जनाले पाए सेवा

बुढानिलकण्ठ–६ मा निःशुल्क दन्त शिविर, १४४ जनाले पाए सेवा

काठमाडौँ,  २५ असार । बुढानिलकण्ठ नगरपालिका–६ मा मिति २०८२ असार २१ गते शनिबारका दिन निःशुल्क दन्त शिविर सम्पन्न भएको छ।

सेवा निवृत्त स्वास्थ्य कर्मचारी समाज नेपाल र एन्जल हेल्थ केयर होम को संयुक्त आयोजनामा, समाज डेन्टल हस्पिटल नयाँ बानेश्वर तथा बसुन्धरा डेन्टल समाजको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविर एन्जल हेल्थ केयर होमको प्रांगणमा सम्पन्न भएको हो।

शिविरमा कुल १४४ जनाले दन्त परीक्षण, सफा, एक्सरे लगायतका सेवा प्राप्त गरे। साथै सहभागीहरूलाई निःशुल्क औषधि, दन्तमञ्जन, ब्रस समेत वितरण गरिएको आयोजक संस्थाले जनाएको छ।

शिविरमा बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठ्ठाराम अधिकारी, वडा नं. ६ का अध्यक्ष रवि खडका, वडा सदस्य मुना महर्जन, भद्रकाली स्वास्थ्य चौकी प्रमुख लिलाधर भुषाल, स्वास्थ्यकर्मी, समाजका पदाधिकारी, सल्लाहकार तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।

सेवा निवृत्त स्वास्थ्य कर्मचारी समाज नेपालका अध्यक्ष बिनोद कुमार खडकाले शिविर सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 


Thali Mobile Pvt.Ltd.