भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

मलेसिया रोजगारीमा तीन लाख असुल्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ

मलेसिया रोजगारीमा तीन लाख असुल्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ

मुख्य बुँदा

मलेसिया जान लागेका युवासँग ३ लाख रुपैयाँ माग

कोटेश्वरस्थित म्यानपावर कम्पनीमाथि स्टिङ अपरेशन

तीनकुने क्षेत्रमा एजेन्ट पक्राउ

सरकारले तोकेको शुल्कभन्दा बढी रकम माग गरिएको आरोप

पीडितको कागजात फिर्ता, मलेसिया प्रस्थान तयारी

पक्राउ परेका कर्मचारीमाथि अनुसन्धान जारी

काठमाडौँ, ३ जेठ । वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका एक युवासँग तीन लाख रुपैयाँ माग गर्ने काठमाडौँ कोटेश्वरस्थित म्यानपावर कम्पनीमाथि प्रहरीले स्टिङ अपरेसन गरी एक एजेन्टलाई पक्राउ गरेको छ।

सप्तरीका अजयकुमार यादवसँग कोटेश्वरस्थित ‘ग्रान्ड स्विट जब’ म्यानपावर कम्पनीका कर्मचारीले तीन लाख रुपैयाँ माग गरेको आरोप लागेको छ। रकम नदिएमा मलेसिया उड्न नदिने धम्कीसमेत दिएको बताइएको छ। यादवले यसअघि झापास्थित सोही कम्पनीको शाखाबाट सम्पूर्ण प्रक्रिया पूरा गरेका थिए।

सरकारको ‘फ्री भिसा फ्री टिकट’ नीति अनुसार अधिकतम १० हजार रुपैयाँ मात्र तिर्नुपर्नेमा उनले पहिले नै ७० हजार रुपैयाँ बुझाइसकेको बताएका छन्। थप रकम मागिएपछि पीडितले घटनाबारे जानकारी दिएपछि प्रहरी परिचालन गरिएको थियो। त्यसपछि तीनकुने–गैरीगाउँ क्षेत्रमा पैसा लिन आएका म्यानपावरका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार १० हजारमा हुने कामका लागि ३ लाख रुपैयाँ मागिएको कुरा कर्मचारीले स्वीकार गरेपछि उनलाई पक्राउ गरिएको हो। पक्राउसँगै अजयकुमार यादवको राहदानी, श्रम स्वीकृति, बीमा र हवाई टिकट समेत फिर्ता गरिएको छ। उनी आज मलेसिया प्रस्थान गर्ने तयारीमा छन्।

श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा कुनै समस्या आए सिधै मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको छ। पक्राउ परेका कर्मचारीमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.