भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘चौतारीमा’ रिलिज

हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘चौतारीमा’ रिलिज

काठमाडौं, ३ जेठ । गायक तथा संगीतकार हेमन्त कान्छा रसाइली र गायिका रचना रिमालको स्वरमा नयाँ नेपाली गीत ‘चौतारीमा’ सार्वजनिक भएको छ।

हेमन्त कान्छा रसाइलीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा राजकुमार बगरको शब्द रहेको छ भने संगीत स्वयं हेमन्त कान्छा रसाइलीकाे रहेकाे छ ।

गीतमा बिराज गन्धर्वको र्‍याप समावेश गरिएको छ। साथै संगीत संयोजन, मिक्सिङ तथा एरेन्जमेन्टको काम पनि हेमन्त कान्छा रसाइलीले नै गरेका छन्।

म्युजिक भिडियोमा हेमन्त कान्छा रसाइली, रचना रिमाल, राकेश सोनी, रिस्टा थापा, अभिषेक रसाइली लगायत कलाकारहरूको अभिनय रहेको छ।

भिडियोको निर्देशन पनि हेमन्त कान्छा रसाइलीले नै गरेका हुन् भने छायांकन करण चैसरले गरेका हुन्। सम्पादन तथा कलर ग्रेडिङ मिराज अर्यालले गरेका छन्। गीतलाई आधुनिक र लोक–संगीतको मिश्रणका रूपमा प्रस्तुत गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.