भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘चौतारीमा’ रिलिज

हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘चौतारीमा’ रिलिज

काठमाडौं, ३ जेठ । गायक तथा संगीतकार हेमन्त कान्छा रसाइली र गायिका रचना रिमालको स्वरमा नयाँ नेपाली गीत ‘चौतारीमा’ सार्वजनिक भएको छ।

हेमन्त कान्छा रसाइलीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा राजकुमार बगरको शब्द रहेको छ भने संगीत स्वयं हेमन्त कान्छा रसाइलीकाे रहेकाे छ ।

गीतमा बिराज गन्धर्वको र्‍याप समावेश गरिएको छ। साथै संगीत संयोजन, मिक्सिङ तथा एरेन्जमेन्टको काम पनि हेमन्त कान्छा रसाइलीले नै गरेका छन्।

म्युजिक भिडियोमा हेमन्त कान्छा रसाइली, रचना रिमाल, राकेश सोनी, रिस्टा थापा, अभिषेक रसाइली लगायत कलाकारहरूको अभिनय रहेको छ।

भिडियोको निर्देशन पनि हेमन्त कान्छा रसाइलीले नै गरेका हुन् भने छायांकन करण चैसरले गरेका हुन्। सम्पादन तथा कलर ग्रेडिङ मिराज अर्यालले गरेका छन्। गीतलाई आधुनिक र लोक–संगीतको मिश्रणका रूपमा प्रस्तुत गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.