भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

माङमायामा रुखबाट लडेर एक पुरुषको मृत्यु

माङमायामा रुखबाट लडेर एक पुरुषको मृत्यु

संखुवासभा, १२ कार्तिक । संखुवासभाको चिचिला गाउँपालिका–५ माङमायामा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार माङमायाका ५२ वर्षीय गणेश गुरुङ मंगलबार साँझ घर नजिकैको जंगलमा रुखमा चढी घाँस काट्ने क्रममा लडेका थिए।

लडेपछि गम्भीर घाइते भएका गुरुङलाई स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पुर्‍याएका थिए। तर, उपचारका क्रममा राति करिब १२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। स्थानीयहरूले यस्तो दु:खद घटना पुनः नदोहोऱ्याउन गाउँमा रुखमा घाँस काट्ने कार्यमा सुरक्षाको ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

 


Thali Mobile Pvt.Ltd.