भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

माङमायामा रुखबाट लडेर एक पुरुषको मृत्यु

माङमायामा रुखबाट लडेर एक पुरुषको मृत्यु

संखुवासभा, १२ कार्तिक । संखुवासभाको चिचिला गाउँपालिका–५ माङमायामा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार माङमायाका ५२ वर्षीय गणेश गुरुङ मंगलबार साँझ घर नजिकैको जंगलमा रुखमा चढी घाँस काट्ने क्रममा लडेका थिए।

लडेपछि गम्भीर घाइते भएका गुरुङलाई स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पुर्‍याएका थिए। तर, उपचारका क्रममा राति करिब १२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। स्थानीयहरूले यस्तो दु:खद घटना पुनः नदोहोऱ्याउन गाउँमा रुखमा घाँस काट्ने कार्यमा सुरक्षाको ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

 


Thali Mobile Pvt.Ltd.